Techie IT
  • ३ असोज २०८१, बिहीबार
KhojPatrika

सिरिन्जको अभावले कोरोना बिरुद्धको खोप अभियान प्रभावित, देउवाको चैतसम्म खोप लगाउने संकल्प पूरा हुन मुस्किल

मंगलबार बालबालिकालाई दिने भनिएको खोप अभियान स्थगित


काठमाडौं । नेपालमा लक्षित जनसंख्याको झन्डै ५१ दशमलव ३ प्रतिशतले मात्रै दुवै मात्रा कोभिडविरुद्धको खोप लगाएका छन् । पछिल्लो तथ्यांक अनुसार नेपालमा एक करोड ९ लाख २९ हजार १ सय ४४ जनाले पूर्ण मात्रामा खोप लगाएका छन् । साथै २ करोड ४० लाख २५ हजार ५ सय ६१ जना खोपको दायरामा आएका छन् । सरकारी तथ्यांकका आधारमा कुल २ करोड ९९ लाख २२ हजार १ सय ६४ जनालाई कोभिड खोपको लक्षित समूहमा वर्गीकरण गरिएको छ । यस आधारमा अहिलेसम्म मात्र ६९ दशमलव २ प्रतिसत लक्षित जनसंख्या खोपको दायरामा आएका छन् ।

निर्धारित योजना विपरित खोप अभियान सुस्त भइरहँदा आजैदेखि सुरु हुनुपर्ने फाइजर खोप अभियान सिरिन्जको अभावका कारण स्थगित गरिएको छ । मंगलबासम्मको सरकारी तथ्याङ्घका आधार मान्ने हो भने लक्षित जनसंख्याको ५१ दशमलव ३ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् । नेपालमा पहिलो पटक गत माघ १४ गतेबाट सुरु भएको खोप अभियानअन्तर्गत अहिलेसम्म २ करोड ४० लाख २५ हजार ५ सय ६१ जनाले घटीमा एक मात्रा भएपनि यो खोप लगाएका छन् ।

ती एक करोड ९ लाख २९ हजार १ सय ४४ जनाले खोपको दुवै मात्रा लगाएका छन् । यो तथ्याङ्घका आधार मान्दा सरकारले लक्ष्य भेट्टाउन अझै आधा बाटो तय गर्नु पर्ने देखिन्छ । सरकारले यही वर्षभित्र लक्षित जनसंख्याको सम्पूर्ण हिस्सालाई खोपको दायरामा ल्याउने अभियान थालेपनि यो रफ्तारमा लक्ष्य भेटाउन कठिन देखिन्छ । उता खोप केन्द्रलाई विस्तार गरेर अभियानलाइ तिव्र बनाउनुपर्ने बेलामा सञ्चालनमा आउने तयारीमा रहेका योना समेत स्थागित गरिएको छ ।

हुनत १८ बर्ष माथिका जनसंख्याले लगाउन मिल्ने खोप देशभर तोकिएका केन्द्रबाट लगाइ रहिएको छ । तर १२ बर्ष देखि १७ बर्ष सम्मका बालबालिकालाइ लगाउन मिल्ने मोर्डना खोप भने काठमाडौ उपत्यकासहितका २० जिल्लामा संचालनमा आउन सकेका छैनन् । बाँकी जिल्लाहरुमा खोप अभियान सञ्चालन भइरहेको छ । मगंलबारबाट काठमाडौंसहित ८ जिल्लामा फाइजर खोप दिने कार्यक्रम तय गरिए पनि सिरिन्जको अभावमा तत्कालका लागि स्थगित गरिएको छ ।

सिरिन्ज अभाव भएकोे स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङ समेत स्विकार्छन् । स्थगित भएको खोप कार्यक्रम कहिलेदेखि सुरु हुन्छ भन्ने मन्त्रालयलाइृ समेत जानकारी छैन । जसका कारण सरकार खोप लगाउने लक्ष्यमा पछाडि पर्दै गएको छ । यस्तो अवस्थामा चैत समान्तसम्म सम्पूर्ण नागरिकले खोप पाउलान् भनेर भन्न सकिने अवस्था समेत छैन । तर, सरकार भने तोकिएको समय मै खोप लगाइसक्ने दाबी गर्छ । विश्वभर बढ्दै गएको ओमिक्रोन भेरियन्टको त्रासका बीच आधा जनसंख्याले अहिलेसम्म खोप लगाउन नपाउँदा जोखिम समेत बढेर गएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #खोप लगाए

तपाईको कमेन्ट लेख्नुहोस्