एकाएक किन गर्यो माओवादी केन्द्रले महाधिबेशनको घोषणा, अन्य दललाई निमन्त्रणा दिइने
काठमाडौं । नेकपा माओवादी केन्द्रले आइतबारबाट काठमाडौँमा गर्ने भनेको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । शनिबार बेलुका बसेको सो पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो ।
यद्यपि उक्त निर्णय आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि मात्रै स्थायी कमिटीको निर्णयले वैधानिकता पाउने नेताहरुले बताएका छन् । स्थायी कमिटी बैठकपछि प्रवक्ता कृष्णबहादुर पनि महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई सोझै महाधिवेशनमा लैजाने बताएका थिए ।
माओवादी केन्द्रको महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिबेशन गर्ने भएपछि सबै दललाई आमन्त्रण गरिने पनि माओवादी केन्द्रले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्