विदेशी शिक्षण संस्था अनुगमन गर्न समिति गठन,१५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाहरुको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएको छ । मंगलबार बसेको उच्चस्तरीय मूल्यांकन तथा अनुगमन समितिको बैठकबाट पाँच सदस्यीय समिति गठन गर्दै मन्त्री देवेन्द्र पौडेलले सो अल्टिमेटम दिएका हुन् ।
समितिले उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ बमोजिम विदेशी शिक्षण संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन बुझाउने छ। शिक्षा मन्त्रालयबाट अनुमति लिएका ८५ वटा शिक्षण संस्थाको सञ्चालन अनुमति नवीकरणको पाँच वर्षे अवधि २०७७ माघ मसान्तमा समाप्त भइसकेको छ। नवीकरणका लागि सबै शिक्षण संस्थाहरुले निवेदन पेश गरे पनि कोभिडलगायतका कारणले निरीक्षण तथा अनुगमन हुन सकेको छैन् ।
‘उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ बमोजिम सञ्चालन अनुमति पाएका विदेशी शिक्षण संस्थाहरुको स्थलगत अनुगमन निरीक्षण गरी ठोस रायसहित समितिले १५ दिनभित्र प्रतिवेदन बु्झाउनुपर्नेछ । बैठकले त्यसको अध्ययन तथा निरीक्षणका लागि पाँच सदस्यीय विज्ञको समिति गठन गरेको छ। समितिको नाम भने मन्त्रालयले गोप्य राखेको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #विज्ञान तथा प्रविधि मन्त्रालय, #शिक्षा
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्