कांग्रेसमा महामन्त्री जितेर उदाए गगन थापा र बिश्वप्रकाश शर्मा, महाधिबेशन प्रतिनिधिको चाहना पूरा
थापा र शर्मा किन हराउन चाहन्थे कृष्ण सिटौला

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा खसेको मतले स्पष्ट सन्देश दिएको छ, अब पार्टी एकलौटी ढंगबाट चल्न हुँदैन । अनि भागबन्डाको परम्परा अन्त्य गरेर कांग्रेसलाई नयाँ विचार सहित अघि बढाउनु पर्नेछ । कार्यकर्ताले नेतृत्व तहलाई दिएको सन्देशको मर्म नबुझेको खण्डमा कांग्रेस फेरि अर्को दुर्घटनामा नफस्ला भन्न सकिँदैन । हो त्यहि सोचेरै नै होला गुट नहेरेर कांग्रेसमा बलिया युवा नेताले महामन्त्री जितेका छन् ।
महाधिबेशन प्रतिनिधिको चाहना पनि गगन थापा र बिश्वप्रकाश शर्मालाई नै महामन्त्री जिताउन चाहेका थिए । उनीहरुले उतिबेला गुट पनि हेरेनन् । शेखर कोइरालाको प्यानलबाट थापा र प्रकाशमान सिंहको प्यानलबाट शर्माले महामन्त्री बन्न सौभाग्य पाए । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला थापा र शर्मा दुबैलाई हराउन चाहन्थे । उनले आफनो जिल्लाका शर्मा र आफनो गुट छोडेर गएका थापालाई हराउन देउवासँग मिलेका थिए । तर, प्रदीप पौडेलको हार होइन सिटौलाले हारेका छन् यतिबेला ।
गुटगत राजनीतिले कमजोर बन्दै गएको नेपाली कांग्रेसलाई १४ औँ महाधिवेशनले दिएको म्यान्डेट अनुसार चलाउने हो भने कांग्रेसको आन्तरिक मात्र नभएर देश कै राजनीतिमा समेत परिवर्तन आउन सक्ने देखिन्छ । यो महाधिवेशनमा हालसम्म सार्वजनिक भएको पदाधिकारीको नतिजाले नेतृत्वमा अनुभवी नेतालाई पत्याए पनि शेरबहादुर देउवाको सारथीका रुपमा युवाहरुलाई चुनेको छ । यसले अनुभवी नेताको नेतृत्वमा युवाले संस्कारयुक्त पाटी संचालन गर्नु पर्र्ने सन्देस दिएको छ । उता सत्तामा भागबन्डा गर्न माहिर नेताहरु मैदान बाहिर आएका छन् ।
यसले गर्दा सभापति देउवालाई अब आफ्नो कोटरी र परिवारवादभन्दा बाहिर निस्किएर पार्टी र सरकार संचालन गर्नु पर्ने दबाब बढेको छ । त्यसमाथि सभापतिमा पराजित शेखर कोइरालाले समेत पार्टीमा गुटबन्दीको अन्त्य हुनु पर्ने तथा आफूले गुटको नभएर विचारको राजनीति गर्ने बताएसँगै देउवाले आफ्नो कार्यशैलीमा समेत परिवर्तन गर्नु पर्ने अवस्था आएको छ । कांग्रेसको महाधिवेशनका मतदाताले विवेकपूर्ण मतदान गरेको पनि अहिलेसम्म बाहिरिएका नतिजाले प्रष्ट पारेको छ ।
अहिलेसम्मको नतिजा हेर्दा नेपाली कांग्रेस रुपान्तरको प्रक्रियामा समेत देखिएको छ । कुनै पनि पार्टी एकल नेतृत्वको इशारामा चल्न हुँदैन र सक्दैन भन्ने स्पष्ट सन्देस समेत यो महाधिवेशनले दिएको छ । मतदाताले नेताको आदेशको अवज्ञा गर्न मिल्छ भन्ने सन्देश समेत बाहिर आएको छ । एकलौटी रुपमा एउटै प्यानलभन्दा पनि नेताको व्यक्तित्वलाई हेरेर मत खसेको छ । त्यही कारण पदाधिकारीमा युवा नेताहरुको बलियो उपस्थिति रहने भएपछि कांग्रेसमा ताजगी आउन सक्छ ।
त्यसमाथि महत्वपूर्ण पदमा जित हात पारेका युवा नेताहरुले नै अब कांग्रेसभित्र गुटभन्दा पनि विचारको राजनीति हुने दाबी गरेका छन् । यसले गुटगत राजनीति गर्न माहिर नेताहरुलाई समेत सच्चिने मौका हात लागेको छ । सभापति देउवा कै नेतृत्वमा कांग्रेसले तीनै तहको निर्वाचनमा भाग लिनेछ । सत्ताको नेतृत्वमा समेत रहेका देउवाले महाधिवेशनको म्यान्डेडलाई स्वीकारेर आफ्नो कार्यशैलीमा समेत परिवर्तन ल्याउनु पर्ने सन्देस कार्यकर्ता तहबाट आएको छ ।
देउवासहित पदाधिकारीमा चुनिने नेताहरुको सानो गल्तीले समेत कार्यकर्ताको भावनासँग खेल्न सक्छ । यसले गर्दा मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीका नेताहरुले आफ्नो आचरण र व्यवहारलाई समेत लोकतान्त्रिक बनाउनु पर्ने विचार कांग्रेसको १० औँ महाधिवेशनले स्थापित गरेको छ ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गगन थापा, #बिश्वप्रकाश शर्मा
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्