पहिलो चरणमा कांग्रेसले नेतृत्व पाएन,शेरबहादुर देउवा र शेखर कोइरालाबीच कडा भिडन्त
काठमाडौं । पहिलो चरणमा कांग्रेस सभापतिका पाँचै जना उम्मेदवार बिधान अनुसार मत ल्याउन सकेनन् । पहिलो चरणमा असफल भएसँगै दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच भिडन्त हुने भएको छ । कांग्रेस बिधान अनुसार पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।
पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गर्दा डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका छन् । देउवालाई बिजयी हुन ८२ मत पुगेन । तेस्रो स्थानमा रहेका प्रकाशमान सिंहले ३७१ मत प्राप्त गर्दा विमलेन्द्र निधिले २४९ मत ल्याएका छन् । कल्याण गुरुङले जम्मा २० मत मात्रै प्राप्त गरेका छन् ।
कांग्रेसको विधानअनुसार अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीच मात्र प्रतिस्पर्धा हुनेछ । बाँकी उम्मेदवारले कसलाई समर्थन गर्छन्, यसले सभापतिमा को विजयी हुन्छ भन्ने आधार तय गर्नेछ । यसअघि नै विगतमा देउवा पक्षमा रहेका निधीले कोइराला क्याम्पमा खुल्ने संकेत गरेका छन् । सिंह समेत वरिष्ठ नेता रामचन्द्र पौडेल क्यम्पमा रहेकाले दोश्रो चरणमा निर्वाचन धकेलिदा कोइराला पक्ष बढी हौसिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- २इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ३मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ४खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग
- ५सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित



तपाईको कमेन्ट लेख्नुहोस्