नेपाली काँग्रेसको खातामा १० करोड रुपैयाँ
काठमाडौं । नेपाली काँग्रेसको खातामा १० करोड रुपैयाँ मौज्दात रहेको छ । महाधिवेशनको पूर्वसन्ध्यामा बसेको केन्द्रीय समितिको बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनले १० करोड मौज्दात देखाएको हो । केन्द्रीय समितिको बैठकले आर्थिक प्रतिवेदनसहित महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पनि पारित गरेको छ ।
त्यस्तै, पार्टी उपसभापति विमलेन्द्र निधि संयोजक रहेको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पनि आफनो प्रतिवेदन पेस गरेको थियो । त्यो पनि बैठकले पारित गरेको छ । बैठकले पारित गरेका सबै प्रतिवेदन महाधिवेशनको बन्दसत्रमा छलफलका लागि प्रस्तुत हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिए ।
त्यस्तै, महासमितिले परिमार्जन गरेको विधानलाई पनि केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । अनुमोदित विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुनेछ । महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १८ वटा समितिहरु गठन गरिएको छ । बैठकले मिडिया संयोजनको जिम्मेवारी नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यलाई दिएको छ । निर्वाचनबारे जानकारी गराउने काम अधिवक्ता केशव रिजालले पाएका छन् ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #खातामा १० करोड, #नेपाली कांग्रेस
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्