किन भने वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसबाट सन्यास लिन्छु
काठमाडौं । लगातार तीन दिनदेखि नेपाली काँग्रेसको साझा उम्मेदवार तय गर्न संस्थापन इतर पक्षको बैठक बस्यो । मंगलबार महामन्त्री डाक्टर शशांक कोइराला सभापतिको दाबेदारबाट पछि हटे । रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहका बीचमा सहमति जुटाउनुपर्ने थियो । तर, बुधबार तीनै जना नेता सभापतिको दाबेदारबाट पछि हटेनन् । सभापति शेरबहादुर देउवा बिरुद्ध एकल उमेद्वार बनाउने योजना सफल नहुने देखिएपछि पौडेल रिसाए । पौडेलले भने हामी नमिल्ने हो भने राजनीतिबाटै सन्यास लिन्छु ।
संस्थापन इत्तर पक्षका नेताहरु डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको उम्मदेवार बन्ने दाबी नछाडेपछि आक्रोशित हुँदै पौडेलले बैठकमा भने, ‘तपाईहरु कि आपसमा मिल्नोस्, कि मेरो नेतृत्व स्वीकार्न तयार हुनोस् । आफूहरु पनि नमिल्ने र अरुको नेतृत्व पनि नस्वीकार्ने हो भने मलाई राजनीतिबाटै सन्सास लिन दिनोस् । नेता सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा सिंह र पौडेलसहित शेखर कोइराला र शशांक कोइरालालगायतको सहभागिता थियो ।
बैठकमा प्रकाशमानले कुनै पनि हालतमा आफूले सभापतिको दावी नछाड्ने भन्दै बरु एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएपछि पौडेल आक्रोशित बनेको नेताहरुले जानकारी दिएका छन् । बैठकमा अध्यक्षका आकांक्षी प्रकाशमान सिंहले आफू हुनै पनि हालतमा सभापतिको उम्मदवारीबाट ब्याक नहुने अड्डी लिएका थिए ।
अन्य तीन आकांक्षीहरु रामचन्द्र पौडेल, सशांक कोइराला र शेखर कोइराला मिलेर जानुपर्ने पक्षमा सहमत भए पनि सिंहको अडानका कारण सहमति नजुटेको बताइएको छ । सिंहको अडानपछि संस्थापन इतर समूहबाट साझा उम्मेदवार तय हुने कुरामा नै प्रश्नचिन्ह उत्पन्न भएको छ । वैठकले भोली बिहान ८ बजे अनुपम फुडल्याण्डमा अर्को बैठक बसेर निस्कर्ष निकाल्ने निर्णय गरेको नेता गुरुराज घिमिरेले बताएका छन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रकाशमान सिंह, #रामचन्द्र पौडेल, #शेखर कोइराला
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्