एउटा हारमा कमल थापा किन पोख्दैछन् यति धेरै रिस,पूर्वराजालाई नै दिदैछन् बढी दोष
शक्तिबाट बाहिरिनुको पीडा
काठमाडौं । एकताको महाधिवेशनमा अध्यक्षमा पराजित राप्रपाका नेता कमल थापाले आफ्नो हारलाई सहजरुपमा स्वीकार्न सकिरहेका छैनन् । उनी अध्यक्षमा आफ्नो हार र राजेन्द्र लिङ्देनको जितको पछाडि पूर्व राजा र राजपरिवारको हात रहेको बताउन थालेका छन् । त्यही कारण समाजिक संजालमा पूर्व राजपरिवारविरुद्ध आगो समेत ओकलिरहेका छन् । नेपालमा हिन्दुधर्म र राजतन्त्रको पुनस्र्थापनालाई बलियो राजनीतिक एजेन्डा बनाउने जस राप्रपाका पूर्व अध्यक्ष कमल थापालाई जान्छ । उनी कुनै बेला पूर्वपन्चहरुले गणतन्त्रलाई स्वीकार्न थालेको बेला राप्रपामा यो नीति पारित गराउने व्यक्ति समेत हुन् ।
उनको योगदानलाई राप्रपाले समेत बिर्सिन सकेको छैन । त्यही कारण अध्यक्षका रुपमा पदभार ग्रहण गर्दा राजेन्द्र लिङ्देनले अध्यक्षका रुपमा थापाले प्रयोग गरेको कोठालाई कुर्सी प्रयोग गरेनन् । हारको रिस शान्त भएपछि उनी ससम्मान पार्टी कार्यालयमा फर्कँदा त्यही कुर्सी र कोठा प्रयोग गरुन् भन्ने मनसाय उनले देखाएका छन् । नवनिर्वाचित अध्यक्षले आफ्ना पूर्ववर्तीहरु प्रति सम्मान जनाइरहँदा थापाले फरक बाटोमा हिँडेका छन् । कहिल्यै नसोचेको हारलाई उनले मनैदेखि स्वीकार गर्न सकिरहेका छैनन् । पूर्व राजा र राजपरिवारका कारण आफ्नो हार भएको रिस समाजिक संजालहरुमा पोखिरहेका छन् ।
पूर्व राजा ज्ञानेन्द्रलाई अब बोकेर हिँड्न नहुने निश्कर्ष निकालि रहेका छन् । आफ्नो हारलाई सहज रुपमा स्व्किार गर्न नसकेका थापाको आक्रोसलाई राप्रपाका नवनिर्वाचित कार्य समितिले भने सहज रुपमा लिएको छ । रिस शान्त भएपछि उनलाई सम्मानसहित पार्टीको काममा फर्काउने योजना बनाएको छ । हुनत थापा कै प्यानलबाट पदाधिकारीमा निर्वाचित राप्रपाका कतिपय नेताहरु पार्टीले बोकेको नीति तथा सिद्धान्त बाहिर गएर बोल्नु र लेख्नुलाई थापाको क्षणिक आक्रोसका रुपमा व्याख्या गर्छन् । तथा उनी केही समयपछि नै पार्टीको काममा फर्कने दाबी पनि गर्छन् । साथै थापाले अध्यक्षमा पराजय व्यहोरेकै कारण पार्टीमा फेरि फुट नआउने दाबी समेत गर्छन् । बाहिरबाट हेर्दा कमल थापा जति नै राजावादी देखिए पनि पूर्वराजा ज्ञानेन्द्रसँग उनको सम्बन्ध मिठासपूर्ण छैन ।
हिन्दु धर्म र राजतन्त्रको एजेन्डा बोकेर उनले गणतन्त्र नेपालको संविधानलाई सहर्ष स्वीकारेको । त्यही एजेन्डाका कारण संसदमा प्रवेश पाउँदा राजकीय पदमा आसिन भएको । गणतन्त्रवादीहरुसँग निकै हिमचिम पनि बढाएको जस्ता कुरालाई निर्मल निवासले सहजरुपमा पचाउन सकेको थिएन । त्यही कारण पनि निर्मल निवास राजतन्त्रको पुनस्र्थापनाको एजेन्डा थापाको काँधमा फेरि नआसोस् भन्ने चाहन्थ्यो नै । यही कारण पनि राप्रपाको चुनावले निर्मल निवासले लिङ्देनलाई सहयोग गरेको थियो भन्न सकिन्छ । तर, निर्मल निवास कै कारण आफूले जन्माएको पार्टीमा उनको हार भएको कुरालाई पचाउन कसैले सकेका छैनन् । हार पछाडि आफूले विगत गरेका गल्ती त कारक बनेको छैन ? भनेर उनले एक पटक आत्मालोचना गर्न भने बाँकी नै छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कमल थापा
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्