लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान,प्रत्येक बर्ष अभियान,समस्या ज्यू का त्यूँ
काठमाडौं । ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आजदेखि लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु भएको छ । आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसबाट सुरु भएको यो अभियान डिसेम्बर १० मा मनाइने मनाव अधिकार दिवसका दिन समापन हुनेछ । हरेक वर्ष विश्वभर अन्तर्राष्ट्रिय महिला हिसां अन्त्य दिवस मनाइन्छ तरं तथ्यांकमा हेर्ने हो भने महिलामाथि हुने हिंसाको ग्राफ बढ्दो छ । हरेक वर्ष विश्वभर नोभेम्बर २५ का दिन महिला हिंसा अन्त्य दिवस यसपाली भने १६ दिनसम्म मनाइँदैछ ।
यस वर्ष विश्वभर नै डिसेम्बर १० मा मनाइने अन्तर्राट्रिय मानव अधिकार दिवसका दिनसम्म यो दिवस मनाइँदै छ । नेपालमा अहिले पनि २५ प्रतिशत महिला निरक्षर छन् । शिक्षाको कमी नै महिला हिंसाको प्रमुख कारण रहेको मानिछ । नेपालमा महलिामाथि हुने हिंसा मध्ये ४० प्रतिशत शारीरीक रुपमा हुने गरेको छ । यस्तै २६ प्रतिशत महिला मानसिक हिंसाको सिकार भएका छन् । जसमा १७ देखि ३५ वर्षका महिला बढि प्रभावित छन् ।
प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार वार्षिक १८ देखि २० हजार महिला हिसामा पर्ने गरेका छन् । त्यसमा पनि सबैभन्दा धेरै घरेलु हिंसाका घटना छन् । नेपालमा लैंगिक हिंसा रोक्नका लागि अझै पहल हुनु पर्ने तथा राजनीति र सरकारमा पनि महिलाको बाक्लो सहभागिता रहनु पर्ने महिला अधिकारकर्मी रेनु राजभण्डारी बताउँछिन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत नेपालमा सरकारी तथा गैरसरकारी संघसंस्थाले सिर्जनात्मक, चेतनामूलक र सन्देशमूलक कार्यक्रम आयोजना गर्ने भएका छन् ।
अगामी दिनमा महिला हिंसा अन्त्यका कडा सरकारी नीतिको आवश्यकता रहेको राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल बताउँछन् । विगत २४ वर्षदेखि सरकारी तथा गैरसरकारी संघ संस्थाले महिला हिंसाविरुद्धको अभियान चलाइरहे पनि यस्तो घटनामा कमी आएको छैन । सरकारले चलाएको अभियान वास्तविक पीडितसम्म पुग्न नसकेको महिला अधिकारकर्मीहरूको गुनासो छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्