चामल माग्न हुम्लाबाट काठमाडौं आइपुगे सांसद र वडाध्यक्ष,अरु सिमिकोटमै रोकिए
काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाको लिमी क्षेत्रमा करिब ११ सय घरपरिवारमा भोकमरी पर्न लागेको भन्दै सांसद र वडाध्यक्ष चामल माग्न काठमाडौं आइपुगेका छन् । उवा र आलुबाहेक केही उत्पादन नहुने नाम्खामा भोकमरी हुने देखिएको छ । चरन अभाव हुँदा पशुपालन व्यवसाय पनि बन्द भएको वर्षौँ भइसकेको छ । जीवन गुजारा गर्न स्थानीय बासिन्दा चिनियाँ क्षेत्र ताक्लाकोटमा ज्याला–मजदुरी गर्न जाने गरेपनि दुई बर्षदेखि कोरोनाका कारण चीनले नाका बन्द गरेपछि मजदुरी समेत गर्न पाएका छैनन् । चीनकै बाटो भएर हिल्सा नाका हुँदै सरकारले पठाउने खाद्यान्न गाउँमा नपुगेको धेरै भयो । त्यहि समस्यालाई लिएर संघीय सांसद छक्कबहादुर लामा र नाम्खा– ६ का वडाध्यक्ष पाल्जोर तामाङ काठमाडौं आइपुगेका हुन ।
तामाङले खोज पत्रिकासँग भने काठमाडौं आइपुगेको छु सांसद लामाको घरमा बसेको छु । सिंहदरबारलाई आफ्नो कथा सुनाउन आएको छु सुन्ने हो की होइन, नसुने त गाउँमा भोकमरी नै चल्छ । वर्षेनि भोकमरीको समस्या भोग्दै आएका हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीका बासिन्दाका लागि खाद्यान्नको संकट नौलो भने पक्कै होइन । वर्षेनि भोकमरीको समस्या झल्दै आएका हुम्ली यसपाली भने पाँच हजार मिटर अग्लो न्यालुलेक पहाडमा तीन फिट जमेको हिउँमा जोखिमपूर्ण यात्रा गर्दै पाँच दिन हिँडेर शनिबार सदरमुकाम सिमकोट पुग्दा पनि समस्या समाधान भएन ।
उनीहरुको समस्या समाधान नभएपछि वडा अध्यक्ष र हुम्लाका सांसद छक्कबहादुर लामासँगै तिल, जाङ र हल्जी गाउँका करिब डेढ सय घरपरिवारको प्रतिनिधित्व गरेर हुम्लाका तीन गाउँका ३० जना अगुवा देशको संघीय राजधानी काठमाडौको प्रशासनिक मुख्य केन्द्र सिंहदरबारमा आफ्नो पीडा सुनाउन आउने तयारी गरिरहेका थिए । तर, ३० जना आउदा धेरै खर्च हुने भएपछि वडाध्यक्ष र सांसद मात्रै काठमाडौं आइपुगेका छन् ।
यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने केहि कानुनी प्रक्रियासहित चामलमा दिएको छुट मूल्य र कोरोना भाइरसको संक्रमणको महामारीका कारण चिनको नाकाबाट डुवानी गर्न नपाउँदा पनि हुम्लामा अहिले खाद्यान्नको समस्या आएको स्वीकार्दै, अहिले हुम्लामा उत्पन्न खाद्य संकट तत्काल विकल्प खोजेर सामधान गर्ने खाद्य संस्थानले दाबी गरेपनि छिटो होला भन्न सकिन्न ।
कर्णालीका विकट क्षेत्रमा चामललाई मात्र खाद्यान्न भन्ने अर्को अनौठो चलन छ । कोदो, मकै लगायतका सवै उत्पादन खाद्यान्न हो भन्ने कर्णालीबासीले बुझन आवश्यक छ । सडक यातायातबाट हुम्लामा खाद्यन्न ढुवानी हुन सक्दैन । वर्षामा क्षति भएको कर्णाली राजमार्गका धेरै स्थानमा अझै पनि सडक मर्मत भइसकेको छैन । कर्णाली प्रदेशको सुर्खेत बाहेकका नौ जिल्लामा हरेक वर्ष खाद्य संकट आउछ । तर प्रदेशदेखि संघीय सरकारले त्यहाँका जनताको पीडा सुने पनि नसुनेझै, थाहा पाए पनि थाहै नपाए जस्तो अभिनय गरिरहेका छन् ।
क्याटेगोरी : अर्थ, जनगुनासो, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #सांसद र वडाध्यक्ष चामल माग्न, #हुम्लाको नाम्खा
ताजा खबर
- १सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
- २राष्ट्रिय सभामा दलले यसरी मिलाए भागबण्डा
- ३सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
- ४पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
- ५कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज पेसी



तपाईको कमेन्ट लेख्नुहोस्