सांसदले लिए उपचारका नाममा ८ सय रुपैयाँदेखि साढे ४ लाखसम्म
२९ लाख २४ हजार ९ सय ४२ उपचार खर्च
काठमाडौं । संघीय संसदका सांसदहरुले १ बर्ष ६ महिनामा ३५ लाख २३ हजार ५ सय ७४ रूपैया औषधी उपचारका लागि लिएका छन् । २०७७ साउनदेखि २०७८ कार्तिक १५ गतेसम्म प्रतिनिधि सभाका ४४ सांसदले २७ लाख ४३ हजार २ सय ६७ रुपैयाँ र राष्ट्रिय सभाका १५ सांसदले ७ लाख ८० हजार ३ सय ७ रुपैयाँ औषधी उपचार बापत खर्च लिएका छन् । २०७७ साउनदेखि २०७८ असार मसान्तसम्म प्रतिनिधि सभाका सांसदहरूले २१ लाख ९४ हजार ८ सय २५ रुपैयाँ उपचार खर्च लिएका छन् । सोही अवधिमा राष्ट्रिय सभाका सांसदहरूले ७ लाख ३० हजार १ सय १७ रुपैयाँ लिएका छन् । यसरी उपचार खर्च बाफत २९ लाख २४ हजार ९ सय ४२ रुपैयाँ उपचार खर्च संघीय संसद सचिवालयले भुक्तानी दिएको छ ।
यही आर्थिक वर्षको साउनदेखि गत कार्तिक १५ गतेसम्म साढे ३ महिनामा प्रतिनिधि सभाका सांसदहरूले ५ लाख ४८ हजार ४ सय ४२ रुपैयाँ र राष्ट्रिय सभाका सांसदहरूले ५० हजार १ सय ९० रुपैयाँ लिदा ५ लाख ९८ हजार ६ सय ३२ रुपैयाँ औषधी उपचार खर्च भुक्तानी भएको छ । १६ महिनाभित्र सांसदहरूले लिएको औषधी उपचार खर्च हेर्दा ८ सय रुपैयाँदेखि साढे ४ लाख रुपैयाँसम्म रहेको छ ।
कुन सांसदले कति लिए खर्च
प्रतिनिधि सभा मोरङ १ का सांसद घनश्याम खतिवडाले १८ हजार १ सय ३९, बर्दियाकी सांसद विमला विकले २४ हजार ६ सय ४६, खोटाङका सांसद हिरा गुरुङले ७ हजार १ सय ८३, चितवनकी सांसद उमा रेग्मीले विभिन्न ३ वटा मितिमा गरेर ५० हजार २ सय १३, धनुषाका सांसद स्मृतिनारायण चौधरीले विभिन्न ५ वटा मितिमा ६० हजार ५ सय २० रुपैयाँ लिएको देखिएको छ । बागलुङकी स्व.सांसद ज्ञानकुमारी छन्त्यालको उपचार खर्चबाट ४ लाख ५७ हजार २ सय ४१ निकासा भएको छ भने इलामकी स्व. सांसद सानु सिवालाई २ फरक मितिमा गरेर ९८ हजार ६ सय ७१ रुपैयाँ भुक्तानी दिइएको छ ।
सर्लाहीकी सांसद मीना पाण्डेले दुई फरक मितिमा गरेर २ लाख ४१ हजार ६ सय ६७ रुपैयाँ उपचार खर्च भुक्तानी लिएकी हुन । कैलालीकी सांसद कलुदेवी विश्वकर्माले १३ हजार ३ सय १४, धनुषाकी सांसद मिनाक्षी झाले १ लाख ५८ हजार ३ सय ९७, काभ्रेपलाञ्चोककी सांसद नवीना लामाले १ लाख २७ हजार ६ सय ४० उपचार खर्च लिएकी छिन् । अछाम २ का सांसद यज्ञबहादुर बोगटीले २ फरक मितिमा गरेर २५ हजार ६ सय १९, एमालेका पूर्व मन्त्री एवं सिरहा क्षेत्र नम्बर ३ का सांसद लिलानाथ श्रेष्ठले ९ हजार ३ सय ७०, तेह्रथुमका सांसद विजय सुब्बाले २२ हजार ३ सय ७७, काठमाडौँकी सांसद अञ्जना विशंखेले ३ हजार, पाल्पा १ का सांसद दलबहादुर रानाले १ लाख ३० हजार ७० उपचार खर्च लिएका हुन् ।
त्यस्तै अर्घाखाँचीका सांसद मानबहादुर विकले दुई मितिमा गरेर ६३ हजार १ सय ९१, झापाकी सांसद महेन्द्र कुमारी लिम्बुले २ पटक गरेर २ लाख १० हजार ७४, धादिङ २ का सांसद खेमप्रसाद लोहनीले २ पटक गरेर १० हजार ५ सय ७१ , लमजुङ १ का सांसद देवप्रसाद गुरुङले ५८ हजार ७ सय ४८ रुपैयाँ उपचार खर्च लिएका छन् । रौतहटकी सांसद कल्याणी खड्काले २ पटक गरेर ४३ हजार ४ सय ११, पर्सा २ का सांसद विमलप्रसाद श्रीवास्तवले २ पटक गरेर ९४ हजार १, बाँकेकी सांसद सरवत आरा खानम हलवाइनीले ९ हजार ३९ रुपैयाँ लिएका छन् । सप्तरीकी सांसद सरिताकुमारी गिरीले १९ हजार ६ सय ५१, दाङका सांसद विष्णु शर्माले ९ हजार ८ सय ५५, रौतहटकी सांसद सरलाकुमारी यादवले ९ हजार २ सय ७२, सप्तरीकी सांसद रानी मण्डलले ५६ हजार ६ सय ८३ रुपैयाँ उपचार खर्च भुक्तानी लिए ।
नवलपरासी सांसद सत्यनारायण शर्मा खनालले ३५ हजार २ सय ८, सर्लाहीकी सांसद चन्दा चौधरीले १४ हजार ३ सय ७६ र रुपन्देही ५ का सांसद भरत कुमार शाहले ९३ हजार ५ सय ६३ रुपैयाँ उपचार खर्च लिएका छन् । पर्साकी सांसद पुष्पाकुमारी कर्ण कायस्तले १३ हजार ८ सय ५२ रुपैयाँ, उदयपुर २ का सांसद सुरेशकुमार राईले ८८ हजार १ सय ४६ रुपैयाँ र सुर्खेत २ का सांसद नवराज रावतले २ पटक गरेर ४४ हजार ६ सय १८ रुपैयाँ लिएका छन् । त्यसैगरी यो आर्थिक बर्षमा चितवनकी सांसद उमा रेग्मीले २ पटक गरेर १८ हजार ३ सय १७ रुपैयाँ लिएकी छिन् भने नवलपरासी पूर्वका सांसद सत्यनारायण शर्मा खनालले ३ पटक गरेर ३१ हजार ३ सय ३७ रुपैयाँ लिए ।
तेह्रथुमका सांसद भवानी खापुङले १६ हजार १ सय ९६ रुपैयाँ लिएका छन् भने दार्चुलाका सांसद गणेश सिंह ठगुन्नालाई ६० हजार ६ सय ५३ रुपैयाँ औषधी उपचार खर्च भुक्तानी दिइएको छ । धनुषाका स्मृतिनारायण चौधरीले २ पटक गरेर १८ हजार ८ सय ४६ लिएका छन् भने धादिङ २ का सांसद खेमप्रसाद लोहनीले ८ हजार २ रुपैयाँ लिएका छन् । पर्साकी सांसद चाँद तारा कुमारीले २ पटक गरेर १८ हजार ७ सय ५५ रुपैयाँ, ललितपुर २ का सांसद कृष्णलाल महर्जनले ८८ हजार ४ सय ५ रुपैयाँ र हुम्लाका सांसद छक्क बहादुर लामाले ५१ हजार १ सय २१ रुपैयाँ उपचार खर्च लिए ।
त्यस्तै, बाँकेकी सांसद सरवत आरा खानम हलवाइनीले ९ हजार १५ रुपैयाँ, सप्तरीकी सांसद सरिताकुमारी गिरीले १९ सय ८३ रुपैयाँ, सिरहा ३ का सांसद लीलानाथ श्रेष्ठले १३ हजार ६ सय ५ रुपैयाँ, इलाम ३ कि सांसद सुजाता परियारले ४७ हजार ८ सय ५६ रुपैयाँ र दाङका सांसद विष्णु शर्माले १७ हजार ७ सय ३५ रुपैयाँ औषधी उपचार खर्च लिएको तथ्यांकमा देखिन्छ ।
राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले २ पटक गरेर १ लाख ५७ हजार ९ सय ९३ रुपैयाँ औषधी उपचार खर्च भुक्तानी लिएकी छिन् । राष्ट्रिय सभाकी सांसद शारदादेवी भट्टले चार पटक गरेर ३३ हजार ५ सय ९४, सांसद नरपति लुवारले ३ हजार १ सय ३५, सांसद शान्तिकुमारी अधिकारी जिसीले ३ पटक गरेर ४७ हजार ३ सय २, सांसद अगमप्रसाद बान्तवा राईले २ पटक गरेर ३० हजार १ सय ६१ रुपैयाँ औषधी उपचार बापतको रकम भुक्तानी दिइएको छ ।
सुमित्रा बि.सी.ले ३ पटक गरेर १ लाख ८० हजार १ सय ६६, नैनकला ओझाले २७ हजार ३ सय ६१, भैरवसुन्दर श्रेष्ठले २ पटक गरेर २१ हजार ३ सय ९० रुपैयाँ, गंगाकुमारी बेल्बासेले ८ हजार ७ सय ८२, दिनानाथ शर्माले १४ हजार ४ सय १२, रामलखन चमारले ५१ हजार ५ सय ७७, रामचन्द्र राईले १४ हजार ८ सय २४, शेरबहादुर कुँवरले ९ हजार २ सय ६९ रुपैयाँ, गोपाल भट्टराईले २२ हजार ५८ रुपैयाँ भुक्तानी लिएका छन् । यस्तै स्वर्गीय सांसद दुर्गाप्रसाद उपाध्यायलाई १ लाख ८ हजार १ सय ४७ रुपैयाँ औषधी उपचार खर्च दिइएको थियो ।
साउनदेखि कार्तिक १५ गतेसम्म राष्ट्रिय सभाका ८ सांसदहरूले औषधी उपचार खर्च लिएका छन् । राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहालले ४ हजार ८ सय ५० रुपैयाँ, विमला घिमिरेले १० हजार ६ सय ३३ रुपैयाँ, सिंगबहादुर विश्वकर्माले ८ हजार १ सय ४२ रुपैयाँ, राम लखन चमारले ११ हजार १ सय ८४ रुपैयाँ भुक्तानी लिए । यस्तै सांसद शारदादेवी भट्टले ३ हजार २ सय २५ रुपैयाँ, खिमकुमार विश्वकर्माले ७ हजार ९ सय ५१ रुपैयाँ, सांसद सुमित्रा विसीले ३ हजार ३ सय ५५ रुपैयाँ र तुलसाकुमारी दाहालले ८ सय ५० रुपैयाँ औषधी उपचार खर्च भुक्तानी लिएको भेटिएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #औषधी उपचार
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्