कांग्रेसलाई लाग्यो महाधिबेशनको चटारो,को–को छन् सभापतिका दाबेदार
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेस अहिले पूर्ण रुपमा १४ औं महाधिशेनमा होमिएको छ । महाधिवेसन समय मै हुन्छ कि हुँदैन भन्ने अन्यौल हटेसँगै नेतृत्व हत्याउन नेताहरूको चुनावी सक्रियता बढेको छ । नेताहरुले जिल्ला दौडाहा र भेटघाटलाई तीव्रता दिएका छन । नेताहरु गुट अदलबदल र नयाँ समीकरणको निर्माणमा समेत जुट्न थालेका छन । गुट अदलबदलको क्रम हेर्दा नेपाली कांग्रेसको १४ महाधिबेशनले फरक सन्देश दिने देखिएको छ ।
पछिल्लो निर्णय अनुसार मंसिर २४ देखि २६ गते हुन लागेको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापति बन्न अहिलेसम्म एक दर्जनभन्दा बढि नेताले आकांक्षा देखाएका छन् । सभापति बन्न शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला, रामशरण महत र कल्याण गुरुङले दाबी प्रस्तुत गरिसकेका छन् । सभापति बन्ने चाहना राखेका ती नेताहरूले प्रचार प्रसारका लागि जिल्ला दौडाहा समेत सुरु गरिसकेका छन् ।
सभापति सबै आकाक्षीले तोकिएको समयमै कांग्रेसको महाधिवेशन हुने बताउँदै आफ्नो गुटलाई बलियो बनाउन महाधिवेशन लक्षित अभियानमा होमिएका हुन्। आकांक्षीका बीच सहमति जुटाएर साझा उम्मेदवार चयन गर्न पौडेल पक्षले प्रयास गर्दै आएपनि सहमति भने जुट्न सकेको छैन । संस्थापनइतर समूहमा एकताको आवश्यकता औल्याउँदै आएका युवा नेता गगन थापा सभापतिका प्रत्यासी बीच सहमति जुट्ने दाबी गर्छन् ।
१३ औँ महाधिवेशनमा पराजित भएका पौडेल यो पटक भने जसरी भएपनि सभापति बन्न चाहन्छन् । तर, उनकै खेमा नेताहरु उनलाई सभापतिको उम्मेदवार बनाएको खण्डमा जित्न कठिन हुने धारणा राख्छन् । त्यही कारण अहिलेसम्म पौडेललाई साथ दिइरहेको खेमाबाट एक्लो उम्मेवादर चयन गर्न निकै मुश्किल देखिएको छ । उता देउवाले पौडेल समूह फुटाएर आफ्नो टिम निर्माण गर्ने प्रयास गरिरहेका छन । फेरि पनि नेतृत्वमा दोहोरिन चाहेका प्रधानमन्त्री शेरबहादुर देउवा आफैं अघि बढेपछि त्यो टिमबाट अहिलेसम्म गोपालमान श्रेष्ठ र बिमलेन्द्र निधिले उम्मेदारी घोषणा गरिसकेका छन् ।
१३ औं महाधिवेशनमा छुट्टै गुट बनाएर सभापतिमा प्रतिस्पर्धा गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ‘पर्ख र हेर’को अवस्थामा छन । १३ औ महाधिबेशनमा देउवालाई सहयोग गरेका सिटौलाले सभापतिको निकट रहेर राजनितिक लाभ लिइरहेका छन । उनले आगामी महाधिबेशनमा पनि देउवालाई नै सहयोग गर्ने सम्भावना बलियो छ । केही नेताहरुले सभापतिमा चुनाव लड्ने घोषणा गरे पनि कतिपयको उम्मेदवारीलाई पदाधिकारीमा बार्गेनिङका रुपमा हेरिएको छ । युवा नेता भनिनेहरु पनि महामन्त्रीको उम्मेदवार बनेरै खुसी देखिएका छन् । जे भएपनि अहिले नै महाधिवेशनको समीकरण प्रस्ट भइसकेको छैन । तरपनि महाधिबेशनको मिति नजिकिदै जाादा कांगे्रसभित्रको परम्परागत गुट भत्किने र नयाँ समीकरण बन्ने संकेत भने देखिन थालेको छ । जसले गर्दा कांग्रेसको आगामी महाधिवेसन रोचक बन्ने छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #१४ औं महाधिशेन
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग



तपाईको कमेन्ट लेख्नुहोस्