Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

एमाले महाधिबेशनमा ओलीलाई रावलले टक्कर दिने,सक्लान त जित्न


काठमाडौं । नेकपा एमालेबाट माधव–झलनाथ समूह र वामदेव गौतम बाहिरिएपछि एमालेमा ओलीलाई चुनौति दिने नेता खुलेरै लागेको देखिदैन । तर, अघिल्लो महाधिबेशनमा सबै भन्दा बढि मत ल्याएर उपाध्यक्ष चयन भएका डाक्टर भिम रावल ओलीको प्रतिस्पर्धी बन्ने अछाममा पुगेर घोषणा गरे । माधव नेपालको गुटमा रहेर शक्तिशाली बनेका रावललाई अहिले कतैबाट बलियो साथ छैन । माधव नेपालको साथमा रहेका १० भाई मिलेर ओलीविरुद्ध बलियो गुट बनाउने अनुमान गरिएपनि अहिले उनीहरु एकजुट भएको पाइदैन । तर, उपाध्यक्ष रावलले ओलीसँग अध्यक्षमा आफू चुनाव लड्ने दाबी गरेका छन् ।

ओली खेमामा रहेका महासचिव ईश्व पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र उपमहासिचव बिष्णु पौडेललगाएत ओलीपछिका सम्भावित अध्यक्षका दाबेदार देखिएपनि अहिलेको अवस्थामा ओलीसंग प्रतिस्पर्धा गर्ने हैसियत देखिँदैनन । नेपाल पक्षबाट छुट्टिएर रहेका रावल बाहेक अरु नेताहरुले अध्यक्षका रुपमा आफूलाई उभ्याउने आँट गरिसकेका छैनन् । राष्ट्रिय महाधिवेशन हुन दुई साता बाँकी रहँदा पदाधिकारीका कुनै पनि पदमा हालसम्म उमेदवारी घोषणा भएको छैन ।

२०७१ सालमा नवौं महाधिवेशनमा माधव नेपालसँगको प्रतिस्पर्धामा उत्रेर अध्यक्ष जितेका ओलीले दसौं महाधिवेशनको सम्म आइपुग्दा आफूलाई निर्विकल्प नेता बन्ने आधार तयार गरेको भनिदै गर्दा रावलले चुनौति दिने भएका हुन । ओलीले तत्कालीन नेकपामा विवाद उत्कर्षमा पुगेका बेला एउटै कक्षामा दोहो¥याएर नपढ्ने बताएका थिए । अर्थात् उनले अर्को कार्यकाल अध्यक्ष नबन्ने बताएका थिए । तर, अहिले आफू नै अध्यक्ष बन्न कम्मर कसेका छन् । ६ हजार बढी वडा र ६ सयभन्दा बढी पालिका अधिवेशन ओलीको चाहाना अनुरुप सर्वसम्मत रुपमा नै चयन भएको छ ।

केन्द्रमा पनि सर्बसहमतमा नेतृत्व चयन हुने र अहिले नै ओली नै सर्वसहमत अध्यक्ष हुने शेरबहादुर तामाङ वताउछन । एमालेको विधानमा सबै पदाधिकारीहरु प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्था छ । तर, सहमति भए वा निर्वाचित भएका पदाधिकारीको उम्मेदवारहरू ओलीको इच्छा विपरित कोही पनि निर्वाचित नहुने बाताबरण हालै सम्पन्न बिधान महाधिबेशनले बनाएको छ ।

ओली निकटका नेताहरूले अहिलेको एमाले र अध्यक्ष ओलीविरुद्ध विपक्षीहरू प्रहार गरिरहेकाले ओलीको विकल्प देखेका छैनन् । त्यसैले अब नेतृत्वमा पुनः आलीलाई नै दोहो¥याउनुपर्ने उनीहरूले बताउँदै आएका छन् । केपी ओलीको कार्यशैली प्रति असन्तुष्टी जनाउदै आएका रावलले प्रतिष्पर्धा गर्ने बताएपछि महाधिबेशनमा निर्वाचन हुने पक्का जस्तो भएको छ । किनकि रावलले हारजित स्वभाविक रहेको र आफू अध्यक्षमा हार्ने भएपनि उमेद्वारी दिने घोषणा गरेका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #माधव–झलनाथ समूह

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं