‘हिमानी ट्रस्ट’ले जुराईदिएको कलाकारको जमघट, को–पुगे त समारोहमा
काठमाडौं । सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटलमा शुक्रबार फरक माहोल देखियो । जहाँ दिनभर फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको बाक्लो उपस्थिती देखियो । नयाँ पुराना कलाकार, सञ्चारकर्मीसँगै समाजसेवामा होमिएका धेरैलाई एकैसाथ यसरी भेला हुने अवसर जुराईदिएको हो, ‘हिमानी ट्रस्ट’ले ।
पछिल्लो समय सामाजिक काममा निक्कै सक्रिय ‘हिमानी ट्रस्ट’ले तिहार र छठको उपलक्ष्य पारेर सोल्टीमा चियापान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा कला, खेलकुद तथा साहित्यिक क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई निम्त्याइएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी, पारस र हिमानी पुत्र हृदयन्द्र उपस्थित कार्यक्रममा पूर्वरानी कोमलको उपस्स्थिति भने देखिएन । पूर्व युवराज्ञी हिमानीले ट्रस्टका पदाधिकारीहरूसँगै लाइनमा उभिएर आगन्तुकको स्वागत गरेको कार्यक्रम स्थल विशेष सजावटका कारण आकर्षक देखिएको थियो ।
पञ्चेबाजा समेत घन्काइएको कार्यक्रमस्थलमा बेला–बेला शंखध्वनी गुन्जिन्थ्यो । कार्यक्रमस्थल बाँसुरी, सारंगीको मौलिक धुन, मादलका तालले विशेष र आकर्षक बनेको थियो ।
कार्यक्रमस्थलमा अभिनेता भुवन केसी, शिव श्रेष्ठ, कृष्ण मल्ल, दीपकराज गिरी, सरोज खनाल, जीतु नेपाल, सन्तोष पन्त, केदार घिमिरे, दीपेश्वर गौतम, रमेश बुढाथोकी, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, अभिनेत्री करिश्मा मानन्धर, पबित्रा आचार्य, शमिल्ला मल्ल, सरिता लामिछाने, सुष्मा कार्की, लोक गायिका सुनिता दुलाल, लोकगायक कृष्ण कँडेल लगायत थुप्रै कलाकर्मीहरुको सहभागिता भयो ।
कार्यक्रममा पुरुष कलाकारहरु प्राय दौरा सुरुवाल र सुटमा सजिएका थिए भने महिला कलाकार सारीमा सजिएका कारण आकर्षक देखिएका थिए । कार्यक्रममा सहभागी कलाकार, साहित्यकार लगायत अधिकांशले पूर्व राजपरिवारसँग खिचेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल समेत बनिरहेका छन् । तस्वीरः ‘हिमानी ट्रस्ट’ कोष
क्याटेगोरी : जीवनशैली, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #‘हिमानी ट्रस्ट
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध






तपाईको कमेन्ट लेख्नुहोस्