सरकारी कोषबाट दोहोरो सुविधा लिने २४६६ जनाको सुविधा कट्टा
काठमाडौं । २ हजार ४ सय ६६ जनाले सरकारी कोषबाट निवृत्तिभरण र सामाजिक सुरक्षा भत्ता दुवै लिएको भेटिएको छ । गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा ऐन, २०७५ बमोजिम सरकारी कोषबाट निवृत्तिभरण पाइरहेका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था बमोजिम २ हजार ४ सय ६६ जनाको दोहोरो सुविधा कट्टा गरेको जानकारी दिएको हो ।
विभागले असोज २४ गते देशभरका सवै स्थानीय तहलाई परिपत्र जारी गर्दै लाभग्राहीमध्ये कसैले निवृत्तिभरण नलिएको पुष्ट्याई सहित प्रमाण पेश गरे तथ्य यकिन गरी पुन नियमअनुसार लागत कायम गर्न अनुरोध समेत गरेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ८४ हजार ७ सय ६३ जना लाभग्राहीहरुले निवृत्तिभरण समेत लिएको हुनसक्ने देखिएपछि स्थानीय तहबाट थप पुस्ट्याई गर्न खोजिएको छ ।
दोहोरो सुविधाको पुष्टि भएमा वास्तविकताको यकिन गरी ती लाभग्राहीहरुले निवृत्तिभरण समेत प्राप्त गरेको पाइएमा स्थानीय तहबाटै लागत कट्टा गर्न भनिएको छ । यो तथ्यले निवृत्तिभरण र सामाजिक सुरक्षा भत्ता दुवै लिनेहरु संख्या धेरै छ भन्ने समेत खुलाएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निवृत्तिभरण, #सामाजिक सुरक्षा भत्ता
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्