किन पसे प्रधानन्यायाधीश निवासमा सुटुक्क प्रचण्ड, के भयो गोप्य वार्तामा
काठमाडौं । सामान्यतया प्रधानन्यायाधीश र राजनीतिक दलका नेताहरुबीच भेटवार्ता र संवाद हुदैन । किनकी शक्ति पृथकीकरणको सिद्धान्त अनुसार न्यायपालिका स्वतन्त्र र निष्पक्ष रहनका लागि भेटवार्ता, संवाद गर्न हुँदेन र त्यहि मान्यता अहिलेसम्म कायमै रहेको छ । तर, बुधबार राति सत्तारुढ गठबन्धनको बैठक सकिएलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालाई भेट्न पुगे । यहि बिषयले फेरि राजनीतिक बृत्त तातिने देखिएको छ ।
प्रधानन्यायाधीश राणा र सत्ता गठबन्धनको एक प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार साँझ रहस्यमय भेटवार्तामा के कुरा भयो भन्ने खुलेको छैन् । उनीहरुबीच बालुवाटारमा आधा घण्टाभन्दा बढी गोप्य वार्ता भएको थियो । प्रधानमन्त्री देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रधानमन्त्री निवास बालुवाटारमा डेढ घण्टा भन्दा लामो समय वार्ता गरेपछि प्रधानन्यायाधीश राणालाई भेट्न अध्यक्ष प्रचण्ड प्रधानन्यायाधीशको निवासमा पुगेका थिए ।
प्रधानन्यायाधीशलाई भेट्न जानुअघि तीन नेताको प्रधानमन्त्रीको निवासमा भएको गोप्य वार्तामा जसपाका नेता बाबुराम भट्टराई पनि सहभागी थिए । उक्त वार्ता हुनुअघि माधव नेपालको निजी निवास कोटेश्वर पुगेर प्रचण्डले उनीसँग आधा घण्टाभन्दा लामो समय छुट्टै वार्ता गरेका थिए । प्रचण्डले माधव नेपाललाई भेट्नुअघि माधव नेपालले मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेललाई आफ्नै निवासमा बोलाएर लामो गोप्य वार्ता गरेका थिए । यति लामो गोप्य वार्ताको सिलसिलापछि अध्यक्ष प्रचण्ड प्रधानन्यायाधीश राणालाई भेट्न उनको निवासमा पुग्नुले मात्रै रहस्यमय भएको होइन कि प्रधानन्यायाधीशलाई सत्ताधारी गठबन्धनका प्रमुख राजनीतिक नेताले यसरी भेट्नु नै रहस्यपूर्ण मानिन्छ र यस्तो भेटवार्ता अत्यन्त अनौठो र दुर्लभ पनि मानिन्छ ।
प्रधानमन्त्री देउवाले गठबन्धनको सरकारले अपेक्षित गति लिन नसकेको भन्दै प्रमुख सत्ता साझेदार प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलाई आफ्नो पार्टी नेपाली कांग्रेसको महाधिवेशनपछि अर्लि इलेक्सनमा जान अनौपचारिक रुपमा प्रस्ताव गरिसकेका छन् । सर्वोच्च अदालतमा रहेका राजनीतिक दलका नेताहरुविरुद्धका ललितानिवास प्रकरण लगायतका मुद्दाहरुका साथै सत्ता र राजनीतिक दलहरुसँग जोडिएका मुद्दाहरु सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम चरणमा छन् । त्यहि बेला सबै कम्युनिष्ट नेताहरुबीच आपसी छलफल गरेर प्रतिनिधिपात्रका रुपमा प्रचण्डले प्रधानन्यायाधीश राणालाई उनकै निवासमा पुगेर गोप्य भेटवार्ता गर्नुलाई निकै रहस्यमय मानिएको छ । बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम गाँसिएको मुद्दाको फैसलाको मितिसमेत कात्तिक १५ लाई तोकिएको छ । सो मुद्दा राणा आफैंले हेरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानन्यायाधीश राणा, #सत्ता गठबन्धन
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्