एमालेले चल्न दिएन संसदका १५ वटा बैठक,चर्को स्वरमा नारावाजी र रोष्टम घेराउ
काठमाडौं । संसदको सबैभन्दा ठूलो दल तथा प्रमुख प्रतिपक्ष दल नेकपा एमालले भदौं २३ यता १५ संसदका बैठक अवरुद्ध गरेको छ । शुक्रबार बस्ने संसदको बैठकमा पनि एमालेले अवरोध पु¥याउने लगभग निश्चित छ । किनकी अहिलेसम्म संसद सुचारु गर्न प्रधानमन्त्री शेरबहादुर देउवा वा सभामुख अग्निप्रसाद सापकोटासँग कुनै छलफल भएको छैन् ।
एमालले संसदमा बिरोध गरेजस्तो गर्ने तर, सरकारका बिद्येयक धमाधम पास हुनुले चर्को स्वरमा गरिने नारावाजी खाली देखाउने दाँत मात्रै बनेको छ । भदौ २३ गते मात्रै प्रतिनिधिसभाका तीन वटा बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चर्को नारावाजी र रोष्टम घेरेर अवरोध गर्यो ।सभामुख अग्निप्रसाद सापकोटामाथि एमालेले पार्टी फुटाएको र आफूले कारवाही गरेका १४ जना सांसदलाई बचाइदिएको आरोप लगाउँदै निरन्तर अहिलेसम्म १५ वटा बैठकमा नारावाजी गरिरहेको छ ।
एमालेले विरोध गरेर १५ वटा बैठक अवरुद्ध गर्ने प्रयास गरेपनि संसदको कामकारवाही भने अघि बढिरहेको छ । प्रतिस्थापन विधेयकमार्फत संशोधित बजेट पारित नहुँदा बजेट होलिडे नै भयो । तर, असोज ४ गते आफनै खर्च नै रोकिने भएपछि एमाले सांसदहरुले नारा लगाइरहने र बिद्येयक पास हुने वातावरण बन्यो र बजेट होलिडे समेत हट्यो ।
बैठक अवरुद्ध जारी राखेका छौं भन्दै एमाले नाराबाजी गरेपनि सरकारले निरन्तर बिद्येयक पेश गर्ने र पारित गर्ने काम गरिरहेको छ । सरकारले ल्याएका बिद्येयकको बिरुद्धमा नेमकिपा सांसद प्रेम सुवालले १५ वटै बैठकमा आफनो धारणा राखिरहेका छन् । तर, उनका प्रस्ताव अस्विकृत भएको घोषणा मात्रै हुन्छ । किनकि सत्ता पक्ष बिद्येयक पेश र पास गर्ने अनि प्रतिपक्ष दल एमाले रोष्टम घेर्ने र नाराबाजी गर्ने काम भइरहेको छ ।
हुनत सभामुख सापकोटा र प्रधानमन्त्री देउवाले संसदमा देखिएको गतिरोध अन्त्य गर्न प्रयास नभएको होइन । एमाले आफैले दुबैले बोलाएको बैठक बहिष्कार गरे । यसले पनि एमाले संसदको अवरोध हटाउन आफै चाहदैन भन्ने पुष्टि गर्छ । देउवाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पटक–पटक पठाए । तर, दुई नेताको कुरा के हुन्छ बाहिर आउन सकेको छैन् ।
ओलीले एक मात्रै विकल्प अघि सारिरहेका छन् त्यो हो अर्लि इलेक्सन । सरकार बनाउन गाह्रो परेका देउवालाई ओलीले अर्लि इलेक्सनको प्रस्ताव गरिसकेका छन् । एकातिर संसद चल्न नदिन नाराबाजी गर्ने ओली र अर्कोतर्फ बिद्येयक पास गरिरहेका देउवाकाबीच त्यो रोय जस्तो गर म कुटेजस्तो गर्छु भन्ने उखान मिलेको चर्चा पनि भइरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #संसदका बैठक अवरुद्ध
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्