Techie IT
  • २६ भदौ २०८१, बुधबार
KhojPatrika

पार्टी जिन्दाबाद कि ब्यक्ती जिन्दावाद,ओलीको प्रचार–प्रसार बानेश्वरदेखि गोदावरीसम्म

माधव र झलनाथले पार्टी फुटाएपछि ओलीलाई हाइसञ्चो


काठमाडौं । कम्युनिष्टहरुले आफूलाई सधै भन्ने गर्छन् सर्वहाराको पार्टी । जप्ने गर्छन अनि सधैं बर्गीय मुक्तीको नारा । तर, नेपालका कम्युनिष्ट पार्टीका नेताहरु सुकिला मुकिला बन्न र आलीसान महलको बासमै रमाउछन भन्दा फरक पर्दैन । अझ ब्यक्तीगत स्वार्थ र आफन्तबादले त सधैं प्रसय पाएकै छ । सामान्य नागरिकको जीवनशैली परिवर्तन गर्ने र समृद्ध नेपाल सुखी नेपालीको नाराले देशकै ठूलो पार्टी बनेको नेकपा एमालेमा ब्यक्तीबादी हाबी हुँदा पार्टी नै फुट्यो । कम्युनिष्ट नेताहरुले भड्किलो जीवनशैली र तामझाम नगर्ने भन्दै आचारसंहिता नै बनाइयो । तर, आचारसंहिता रद्धीको टोकरीमा फालिएको छ ।

एमालेको प्रथम बिधान महाधिबेशनको तडकभडक र तामझाम हेर्दा लाग्छ पार्टीमा अझै ब्यक्तीबादी हाबी गराउन नेता तथा कार्यकर्ता नै लागिरहेका छन् । पार्टी फुटपछि प्रतिष्पर्धी माधवकुमार नेपाल र झलनाथ खनाल बाहिरिएपछि अध्यक्ष ओलीका कार्यकर्तालाई हाइसन्चो नै भएको छ । बिधान महाधिवेशनमा तुल, ब्यानर र पोष्टर लगायतका तडकभडक नगर्ने बताएको एमालेले काठमाडौंदेखि ललितपुरसम्मै अध्यक्ष केपी शर्मा ओलीको भरपुर विज्ञापन गरेर नियमको धज्जी उडाएको छ ।

विधान महाधिवेशन लक्षित अध्यक्ष ओलीका तस्बिरहरु बानेश्वरका पोलदेखि ललितपुरको गोदावरीसम्मै लहरै राखिए । यसबाट एमालेमा विचारको बहसभन्दा पनि नेताको ‘देवत्वकरण’ ले प्रश्रय पाएको बुझ्न कत्ति कठिन छैन् । बिजुलीका पोलमा मात्र नभएर गाडीमा समेत ओलीको तस्बिर राखिएका छन् । कार्यक्रमस्थलमा केपी ओलीको ठूलो ‘स्टाचु’ बनाइएको छ । जसमा नेताहरुबीच सेल्फी खिच्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ ।

हुनत् यो पहिलो पटक होइन स्मरण रहोस् यसअघि ओली सरकारमा रहेका बेला सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्ने दिनपनि यसैगरी बिजुलीका पोलमा ओलीका तस्बिर सजाइएका थिए । जसबापत नेकपा एमालेमाथि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । एमालेले यो विधान महाधिवेशनलाई नेतामुखी बनाएको प्रष्ट देखिन्छ । तस्बिरमा मात्र होइन, ओली कार्यक्रममा जाँदा उनलाई एमालेका कार्यकर्ताले काठमाडौंदेखि नै ‘स्कटिङ’ गरेर कार्यक्रमस्थल पुर्याए । अरु त अरु महाधिवेशनस्थलमा बाँडिएको पानीको बोतलमा पनि ओलीको तस्वीरसहित महाधिवेशनको प्रचार लेबल टाँसिएको छ ।

कार्यक्रमस्थल जान रातारात सडकमा गिट्टी बिच्छाइयो । जनताले बर्षोदेखि सास्ती पाइरहेको सो सडकमा यतिबेला भने ओलीको तस्वीरले सजिएको छ । हो ब्यक्तीको देवत्वकरण ले पार्टी नै फुट्यो । एक नम्बर पार्टी एमाले प्रतिपक्षको भूमिकामा पुग्दा ओलीको सत्ताबाट बर्हिगमन भयो । अझै नेता र कार्यकर्ताले देवत्वकरण गर्न छोडेका छैनन् र भन्दैछन् जहाँ गएपनि एमाले जिन्दाबाद होइन ओली बा जिन्दाबाद । केपी ओली आइलभ्यू  !


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एमालेको प्रथम बिधान महाधिबेशन, #कम्युनिष्टहरु, #र्गीय मुक्तीको नारा

तपाईको कमेन्ट लेख्नुहोस्