Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

उत्तरी नाका खोल्न अझै सरकारले देखाएन तदारुकता


काठमाडौं । २०७२ सालको भूकम्पछि बाढी पहिरोले सडक अवरुद्ध भएर चिनियाँ सामाग्रीहरु सहजै नेपाल आउन पाएनन् । बिगत २ बर्षदेखि कोरोना महामारीका कारण नेपाली ब्यवसायीहरु खरीद गरेर ल्याएका लत्ता कपडा लगायतका सामाग्रीहरु चिन र नेपालको सिमा क्षेत्रमा अलपत्र परेका छन् । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प छ ।

दशैंका लागि आउने सामानका कन्टेनरहरु केरुङ र तातोपानी नाकाबाट सिमित मात्र आइरहेका छन् । यसले उपत्यका लगायत देशैभर चिनियाँ सामानहरुको मूल्य महंगो बनेको छ । कहिले भूकम्पका नाममा त कहिले कोरोनाका नाममा उत्तरको छिमेकी चिनले नेपालमा अघोषित नाकाबन्दी गरीरहेको छ । नेपाली मजदुरहरुको कोरोना चेकजाँच, कन्टेनरका चालक, सहचालकको कोरोना जाँच लगायतका बिषयले लामो समयदेखि चिनका सिमा नाकावाट सहज रुपमा नेपाली सामानहरु आउन पाएका छैनन् । ब्यवसायीहरुले अघिल्लो दशैमा किनेका सामानहरु अझै आउन सकेका छैनन् ।

बिशेष गरी चिनसँग सिमा जोडिएको तातो पानी नाका र रसुवाको केरुङ्ग नै मुख्य चिनियाँ सामान भित्रिने नाका हुन् । यिनै नाकावाट सामान आयात निर्यात हुदै आएको छ । तर, पछिल्लो समय चिनले आयातमा कडाई गरेसँगै दैनिक केरुङ्ग नाकावाट १० वटा मात्रै कन्टेनर नेपाल आईरहेका छन् । कोरोना भाइरसको महामारीलाई कारण देखाएर औसत १० कन्टेनर मात्र तातो पानीबाट भित्रन दिएको छ । केरुङबाट पनि सोही अनुपातमा भित्रिइरहेको छ ।

एउटै नाकाबाट दैनिक झण्डै एक सयको हाराहारीमा कन्टेनर चीनबाट नेपाल आउने गर्थे । चिनियाँ पक्षले कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै कन्टेनरमा अवरोध सृजना गरिरहेको छ । घर खेत बेचेर र धितो राखेर व्यापार गरेकाहरु अहिले आत्महत्या नै गर्नुपर्ने अवस्था सृजना भएको व्यवसायीहरुको गुनासो छ । गतबर्षको साउन महिनादेखि निरन्तर अवरोध भईरहेकाले सहज रुपमा नेपाली ब्यवसायीले चिनियाँबाट समान र लत्ताकपडा ल्याउन पाईरहेका छैनन् ।

एकातिर ल्याईएका सामानहरु पनि भन्सारमै थन्किनाले र सिमा क्षेत्रमा कन्टेनरमा अलपत्र पर्नाले बजारमा चिनियाँ सामाग्री सहज रुपमा उपलब्ध हुन सकिरहेका छैनन् । नेपाली पक्षले निकै पहल गरेपछि एउटा नाकाबाट संख्या बढाउन सहमत भएपनि पर्याप्त छैन । दशैंका सामान चीनबाट ल्याउन व्यवसायी लागेपनि यसपटक पर्याप्त आउन नसक्ने देखिएको छ । यसबाट दशैंका लत्ता कपडालगायतका सामान महङ्गो हुन सक्ने सम्भावना छ ।

बजारमा सामानको अभाव रहेको भन्दै व्यापारीले मूल्य वृद्धि गरिसकेका छन् । र चिनवाट सामानहरु ल्याउन नपाउँदा समस्या भएको छ । लत्ता कपडा र जुत्ताका व्यापारीहरु विगत वर्षको तुलनामा आफूहरुले दोब्बर मूल्यमा सामान खरिद गर्नुपरेको गुनासो पोखिरहेका छन् । मूल्य दोब्बर भएर आएपछि सामानको मूल्य पनि बढ्ने गरेको साना ब्यवसायीको गुनासो छ । चाडपर्व नजिकिएसँगै चिनियाँ सामानको माग बढेको छ । नेपालबाट चीनमा आयात अझै ठप्प छ ।

चीनले कोरोना भाइरसको जोखिम भन्दै निर्यात गर्न दिएको छैन । यसबाट निर्यात कर्ता व्यापारी मर्कामा परेका छन् । उत्तरतिरको सिमामा छिमेकी चीनको कडाई र भारतसँग जोडीएका सिमामा भारतीय पक्षको कडाईका कारण यस बर्ष नेपालीले चाडपर्वमा महङ्गो मूल्यमा सामान किन्नु पर्ने बाध्यता छ । त्यसैले सरकारले सहज हुने गरी आयात निर्यात खोल्नु पर्ने माग आईरहेपनि सरकारले भने कुनै पहल गरेको देखिदैन ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #चिनियाँ सामाग्रीहरु, #भूकम्पछि बाढी

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं