कात्तिक २५ देखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना गर्ने गरी कार्यतालिका परिमार्जन
काठमाडौं । केन्द्रीय तथ्यांक विभागले कात्तिक २५ देखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना गर्ने गरि परिमार्जित कार्यतालिका सार्वजनिक गरेको छ । बिभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्ममा सम्पन्न गर्ने गरि परिमार्जित कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि २०७८ जेष्ठ २४ देखि असार ८ गतेसम्मका जनगणना गर्ने भनिएपनि कोरोनाका कारण स्थगीत गरिएको थियो ।
राष्ट्रिय जनगणना प्रक्रिया भने भदौ २० गतेदेखि नै सुरु हुने बिभागले जनाएको छ । जसअनुसार सुपरिवेक्षकको नियुक्ति, तालिम, घर तथा घर परिवार सुचिकरण कार्य, गणकको नियुक्त र तालिम लगाएका छन् । गणकको तालिमपछि मूल गणना सुरु गरिने केन्द्रिय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए । जिल्लाहरुमा जनगणनाको तयारी निरन्तर भइरहेको छ । जनगणनामा काठमाडौं जिल्लामा भने ट्याबलेट प्रयोग गरिने भएको छ ।
जनगणनाका समयमा कोरोना महामारी न्युन हुने विश्वास गरिएको छ । हाल ७ वटा प्रदेश जनगणना कार्यालय तथा ८० वटा जिल्ला जनगणना कार्यालय सञ्चालनमा रहेको र ३४९ वटा स्थानीय जनगणना कार्यालय स्थापना गर्ने क्रममा रहेको बिभागले जनाएको छ । नेपालमा वि.सं १९६८ सालबाट जनगणना शुरु भएको हो । २००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो भने त्यसपछि महामारीका कारण दोस्रो पटक जनगणनाको कार्यतालिका प्रभावित भएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #राष्ट्रिय जनगणना
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्