२१ औं शताव्दीको जनवादलाई लागू गर्न नसक्दा पार्टी कमजोर भयोः अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका संगठन बिभाग प्रमुख जनार्दन शर्माले जनयुद्धले स्थापीत गरेको २१ औं शताव्दीको जनवादलाई लागू गर्न नसक्दा पार्टी कमजोर भएको बताएका छन् । शनिबार काठमाडौंमा माओवादी दोरम्बा शैलुङ–काठमाडौं सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्दै शर्माले २१ औं शताव्दीको जनवादलाई बहसका लागि राष्ट्रिय सम्मेलनमा लैजानुपर्ने समेत बताए ।
२१ औं शताव्दीको जनवादमा उल्लेख जनताद्वारा नियन्त्रीत पार्टी र सत्ता हुनुपर्ने बिषयलाई पार्टी अव स्वीकार गर्नुपर्ने उनको भनाई छ । शर्माले पार्टीलाई केन्द्रमुखी नभइ जनतामुखी बनाउदै अव मुलुकको हरेक तहमा सशक्त र बलियो बनाउनुपर्ने धारणा पनि राखे । गुटबन्दीबाट नभएर खुल्ला बहसबाट पार्टीको हरेक तह निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । उनले अव मुलुकमा बजेट घाटा कम गर्ने, उत्पादनमूखी र निर्यातमुखी काम गर्नुपर्ने तथा बेरोजगारीको अन्त्य गर्नुपर्ने कार्यभार रहेको उल्लेख गरे ।
त्यस्तै माओवादी स्थायी समिति सदस्य लिलामणि पोखरेलले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई ध्वस्त बनाउने षडयन्त्र भइरहेको भन्दै अव कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनुपर्ने बताए । कार्यक्रममा अन्य नेताहरुले माओवादीलाई रुपान्तरण तथा जनता केन्द्रीत गर्नुपर्ने धारणा राखेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जनार्दन शर्मा
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्