२१ औं शताव्दीको जनवादलाई लागू गर्न नसक्दा पार्टी कमजोर भयोः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका संगठन बिभाग प्रमुख जनार्दन शर्माले जनयुद्धले स्थापीत गरेको २१ औं शताव्दीको जनवादलाई लागू गर्न नसक्दा पार्टी कमजोर भएको बताएका छन् । शनिबार काठमाडौंमा माओवादी दोरम्बा शैलुङ–काठमाडौं सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्दै शर्माले २१ औं शताव्दीको जनवादलाई बहसका लागि राष्ट्रिय सम्मेलनमा लैजानुपर्ने समेत बताए ।
२१ औं शताव्दीको जनवादमा उल्लेख जनताद्वारा नियन्त्रीत पार्टी र सत्ता हुनुपर्ने बिषयलाई पार्टी अव स्वीकार गर्नुपर्ने उनको भनाई छ । शर्माले पार्टीलाई केन्द्रमुखी नभइ जनतामुखी बनाउदै अव मुलुकको हरेक तहमा सशक्त र बलियो बनाउनुपर्ने धारणा पनि राखे । गुटबन्दीबाट नभएर खुल्ला बहसबाट पार्टीको हरेक तह निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । उनले अव मुलुकमा बजेट घाटा कम गर्ने, उत्पादनमूखी र निर्यातमुखी काम गर्नुपर्ने तथा बेरोजगारीको अन्त्य गर्नुपर्ने कार्यभार रहेको उल्लेख गरे ।
त्यस्तै माओवादी स्थायी समिति सदस्य लिलामणि पोखरेलले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई ध्वस्त बनाउने षडयन्त्र भइरहेको भन्दै अव कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनुपर्ने बताए । कार्यक्रममा अन्य नेताहरुले माओवादीलाई रुपान्तरण तथा जनता केन्द्रीत गर्नुपर्ने धारणा राखेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जनार्दन शर्मा
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्