सर्बोच्चको आदेशः २१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध
काठमाडौं । सर्वोच्च अदालतले २१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले बजेट वक्तव्यको १ सय ६० औं बुँदा कार्यान्वयन गर्न भनेको हो । बजेट वक्तव्यमा साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण रुपमा प्रतिबन्ध लगाउने भनिएको र पटकपटक आदेश समेत भएको भन्दै अदालतले प्रभावकारी कार्यान्वयनका लागि १० दिनभित्र सम्बन्धित निकायले गर्नुपर्ने काम, कर्तव्य, जिम्मेवारीको कार्ययोजना बनाउन भनेको छ ।
कार्ययोजना बनेको १० दिनभित्र सरोकारवालासँग परामर्श गर्न थप नीतिगत तथा कार्यान्वयन तहमा प्रबन्ध गर्नुपर्ने भए गर्न भन्दै अदालतले भनेको छ, ‘यो आदेश प्राप्त भएको मितिले २१ औं दिनबाट प्लास्टिकका झोला ९४० माइक्रोनभन्दा पातलो को उत्पादन, आयात र प्रयोगमा पूर्ण रोक लगाउनेसम्बन्धी आज २०७८ /७९ को बजेट वक्तव्यको बुँदा नम्बर १ सय ६० को उल्लेखित प्रावधान देशभर लागू गर्ने ।’ अदालतले मुख्यसचिवको नेतृत्वमा संयन्त्र बनाएर कार्ययोजना कार्यान्वयन भए नभएको अनुगमन गर्न र प्रत्येक दुई महीनामा रिपोर्ट पेश गर्न समेत भनेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सर्वोच्च अदालत
ताजा खबर
- १‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
- २पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान
- ३नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
- ४कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे
- ५कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन–मेरो हातमा रगत लागेको छ ?



तपाईको कमेन्ट लेख्नुहोस्