मन्ति्रमण्डल बिस्तारमा अझै आलटाल,साझा कार्यक्रमपछि तातिएलान त देउवा ?
काठमाडौं । पाँच जना सदस्यमा सिमित मनि्त्रमण्डल झण्डै एक महिनासम्म पनि बिस्तार हुन नसक्दा सत्ता गठबन्धनबीचको तालमेलमाथि नै प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर सहयोग गरेको नेकपा एमालेको माधव समुहलाई पनि सरकारमा सहभागि गराउने प्रयास गरिरहेको छ । जसले गर्दा पनि मनि्त्रपरिषद विस्तार गर्न ढिला भएको नेताहरुले बताइरहेका छन् । तर, बिहीवार र शुक्रबार बसेको माधव समुहले सरकारमा नजाने निर्णय गरेपपनि अझै उनिहरुको जवाफमा फेरबदल आएको छैन । अर्थात अझै पनि माधव समुहलाई पर्खिरहेका छौ भन्ने जवाफ गठबन्धनमा सामेल दलका नेताहरुको आउने गरेको छ ।
माधव समुहलाई पनि सरकारमा सहभागि गराउने बिषय र जसपाको बिवादको कारणले गर्दा मनि्त्रपरिसद बिस्तारमा ढिलाई भएको उनको नेताहरुको प्रतिकि्रया छ । अब माधव समुह सरकारमा सहभागि भएपनि नभएपनि आईतबार वा सोमबार नै मनि्त्रपरिसद बिस्तार हुने बताएपनि त्यसको कुनै तयारी देखिदैन । बिहीवार र शुक्रबार बसेको माधव पक्षको बैठकले सरकारमा नजाने निर्णय गरेपछि पनि सत्ता गठबन्धनको बैठक आइतबार पनि बस्यो । तर, उक्त बैठकमा मनि्त्रपरिसद बिस्तारको बिषयले स्थान नै पाएन ।
बैठकमा सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधिको बिषयमा नै छलफल भयो । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ । त्यही प्रतिवेदनमा समावेश भएका बिषयलाई नै मनि्त्रपरिसदले कार्यन्वयन गर्दै लैजाने सहमति गठबन्धन दलमा भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मनि्त्रमण्डल
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्