कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४३ औं स्मृति दिवस, पार्टी फुटेर छिन्नभिन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४३ औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । विक्रम सम्वत २००६ वैशाखमा निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य र मोती देवी शाक्यसँग मिलेर उनले पुष्पलालले पहिलो पटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गरेका थिए । नेकपा खोल्नु भन्दा अगाडि विक्रम सम्वत १९ सय ९८ माउनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए ।
विक्रम सम्वत १९ सय ८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र आमा तुलसी कुमारीका माहिला छोराका रुपमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गरेका थिए । उनी शहीद गगालालका भाइ हुन् । उनले स्थापना गरेको नेकपा अहिले विभिन्न चिरामा बिभाजित छ । ससदमा भएको राम्रो उपस्थिति पनि जोगाउन नसकेपछि बामपन्थीहरु अहिले छिन्नभिन्न हुन पुगेका छन् । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलाल प्रति श्रद्धा राख्ने गरेका छन् । व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावै अभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन् ।
नेपाली कांग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ प्रतिवद्ध थिए । अध्ययनशील नेताका रुपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता रहेको थियो । उनले नेपालको गहिरो इतिहास अध्ययन गर्नाका साथै केही पुस्तक पनि प्रकाशन गरेका छन् । पुष्पलालको विक्रम सम्वत २०३५ साल साउन ७ गते आजकै दिनभारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #४३ औं स्मृति दिवस, #पुष्पलाल
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्