फेरि बढ्यो कोरोना संक्रमण र मृत्यु, एकैदिन थप २ हजार ९३६ जनामा संक्रमण,४३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार १ सय ८२ नमुना परीक्षण गर्दा पीसीआरबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९ सय ३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ भने थप १ हजार ७ सय ७५ जना निको भएका छन् । नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख १२ हजार ३ सय ७३ पुगेको छ ।
तीमध्ये ९ हजार ५ सय ६ जनाको मृत्यु भएको छ भने ६ लाख २८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् । देशभर रहेका सक्रिय संक्रमितमध्ये २४ हजार २७४ जना होम आइलेसनमा रहेका छन् । यस्तै २ हजार ५ सय ५३ जना संस्थागत आइसोलेसनमा छन् । जसमध्ये ५ सय ७८ जनाको आईसीयू र १ सय ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७ सय ५३, प्रदेश २ मा ५७ तथा बागमती प्रदेशमा ७ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै गण्डकीमा २ सय १८, लुम्बिनीमा १ सय ३, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ८४ जना संक्रमित थपिएका छन् ।
कहाँ कति थपिए संक्रमित
पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ५ सय ४१ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ३ सय ४३, ललितपुरका १ सय ३६ र भक्तपुरका ६२ जना संक्रमित छन् । यस्तै सुनसरीमा २ सय ८४, मोरङमा २४६, झापामा १ सय ५१, चितवनमा ५७ र कैलालीमा ५१ जनामा संक्रमण देखिएको छ ।
मकवानपुरमा ४९, रुपन्देहीमा ४४, नवलपरासी पूर्वमा ४०, नुवाकोट र सुर्खेतमा ३५र३५, कञ्चनपुरमा २७ र उदयपुरमा २१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्