एक बर्षपछि बाढी र पहिरोबाट घरबारविहीनलाई सरकारले बल्ल पठायो राहत
कुन जिल्लामा कति रकम पठाइयो (सूचिसहित)
काठमाडौं । एकबर्षअघि बाढी र पहिरोबाट घरबारविहीनलाई सरकारले बल्ल राहत रकम पठाएको छ । बाढी र पहिरोले घरबास क्षति गरेका तथा जोखिमका कारण विस्थापित परिवारको घर बनाउन सरकारले सम्बन्धित जिल्लाको विपद् व्यवस्थापन समितिमा एक वर्षपछि रकम पठाएको हो ।
२२ जिल्लाका चार हजार ९ सय ३७ लाभग्राहीको घर बनाउन रकम पठाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । गत वर्ष मनसुनमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा क्षति पुर्याएको थियो । सिन्धुपाल्चोकका ८ सय ३९ घरपरिवार विस्थापित भएका थिए ।
त्यस्तै, कालीकोट, दार्चुला, बाग्लुङ, म्याग्दी, रुकुम, गोरखा, नुवाकोट, लमजुङ, बाजुरा, बझाङ, सङ्खुवासभा, धनकुटा, भोजपुर, पर्वत, जाजरकोट, रोल्पा, कास्की, स्याङ्जा, तनहुँ, मकवानपुर र मोरङमा पनि बाढी र पहिरोले क्षति गरेको थियो । यी जिल्लाका प्रभावित व्यक्तिहरुको घर बनाउन तथा जग्गा नभएकाहरुलाई जग्गा व्यवस्थापन गर्न पहिलो किस्तामा झण्डै ३० करोड रुपैयाँ पठाएको छ । बाढी तथा पहिरोबाट प्रभावितहरु अहिले पनि पाल तथा टिनको छानामा ओत लाग्दै आएका छन् ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बाढी र पहिरो
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्