चीनबाट आयो कोरोनाविरुद्धको ८ लाख डोज खोप
काठमाडौं । चीनसँग खरिद गरिएको कोरोना भाइरस विरुद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहान चीनसँग खरिद गरिएको भेरोसेल खोपको ८ लाख डोज नेपाल ल्याएको हो । आज ८ लाख डोज खोप आइपुगेको र अब निरन्तर खोप आउने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले आजदेखि साउन ८ गतेसम्म तीन वटा उडान मार्फत खोप ल्याउन लागिएको जानकारी दिएको छ । सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गरेको थियो । परिणाम र मुल्य गोप्य राखरे खरिद गरिएको खोप ६० वर्षमुनिको उमेर समूहलाई प्राथमिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ ।
यस्तै कोभ्याक्स सुविधा मार्फत आउने थप खोप पनि छिट्टै ल्याउने बताइएको छ । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखिएपनि खोप अभावले गतिलिन सकेको छैन । अहिलेसम्म आठ लाख ५१ हजार ३ सय जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८ सय ७ जनालाई पहिलो मात्राको खोप लगाइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #८ लाख डोज खोप, #नेपाल वायुसेवा निगम
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्