कांग्रेसमा क्रियाशील सदस्यता विवाद : संस्थापन पक्षलाई पौडेल पक्षको पार्टी कब्जा गर्न लागेको आरोप
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समायोजनका नाममा संस्थापन पक्षले पार्टी कब्जा गर्न लागेको आरोप लगाएको छ । पौडेल पक्षका नेताहरूको बैठकले विभिन्न जिल्लामा अन्य पार्टीबाट प्रवेश गरेको भन्दै हजारौं व्यक्तिलाई विधानविपरीत क्रियाशील सदस्यता बाँडिएको आरोप लगाएको हो ।
समायोजनका नाममा आएका क्रियाशील सदस्यताको विवादबारे समायोजन र क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग वरिष्ठ नेता पौडेल पक्षीय नेताहरुले आज छलफल गरेका थिए । अनुपम फुडल्याण्डमा भएको छलफलमा महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा. मिनेन्द रिजाललगायत थिए ।
समायोजन समितिका सदस्यहरु दिलेन्द्र बडु , दीपक गिरी, छानविन समितिका सदस्यहरू प्रदीप पौडेल, जीवन परियार, कल्याण गुरुङ समेत बैठकमा थिए । बैठकमा शीर्ष नेताहरूले विधानविपरीत आएका सदस्यताबारे निष्पक्ष छानविन गर्न समितिका सदस्यहरूलाई निर्देशन दिएका थिए । धेरै जिल्लामा विभिन्न पार्टीबाट प्रवेश गरेको भन्दै मनपरी ढंगले दिइएको क्रियाशील सदस्यताले कांग्रेसभित्र विवाद देखिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस, #रामचन्द्र पौडेल पक्ष
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्