Techie IT
  • ३ असोज २०८१, बिहीबार
KhojPatrika

एमालेमा दोस्रो तहका नेताको दौडधुप,ओली–नेपाल वार्ता गराउनेदेखि संयुक्त बक्तब्यबाजीसम्मको प्रयास विफल


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सम्बाद गराउने नेताहरुको प्रयास बिफल भएको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन ओलीले दिएको अल्टिमेटमभित्र संवादको वातावरण बनाउन दोस्रो तहका नेताहरु लागि परेका थिए । त्यो नभए संयुक्त बक्तब्य जारी गर्न नेपाल निवास पुगेका नेताहरुले आग्रह गरेपनि उनले अस्विकार गरिदिएका छन् । बालुवाटारमा प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटि बैठकले प्रष्ट सन्देश दिएको छ । कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्रै फिर्ता नलिए कि वार कि पारको अवस्था आउनेछ ।

बैठकपछि पनि विगतको कार्यदलमा रहेका दोस्रो तहका नेताहरुको छलफल र दौडधुप जारी छ । कतै ओली र नेपालबीच संवाद गराए पाटी बिभाजनको खतरा टर्छ कि भन्ने उनीहरुको आकलन छ । त्यही भएर आइतबार बिहानै दोस्रो तहका नेताहरु ओली पक्षका शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल र नेपाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्य नेपाललाई फकाउन उनकै निवास कोटेश्वर पुगेका थिए । उनीहरुले दुबै नेताले फेरि संवाद गर्नुपर्ने प्रस्ताव राख्दा नेपालले अस्विकार थिए । त्यसपछि ओली पक्षका नेताहरुले पार्टी एक छ’ भन्ने सन्देश दिन संयुक्त वक्तव्य जारी गर्ने प्रस्ताव गरे । नेपाल त्यसमा तयार देखिएपनि दुबै पक्षका नेताहरुको कार्यदललाई वक्तव्यको मस्यौदा बनाएर ल्याउन आग्रह गरेपनि त्यतिकै मान्ने अवस्था देखिदैन ।

सुरुमा नेपालकै पक्षमा रहेजस्तो अभिब्यक्ती दिएका उपाध्यक्ष बामदेव गौतम पनि केन्द्रीय समिति बैठकमा गएपछि ओली र नेपाल दुबैलाई दोषी देखिरहेका छन् । पार्टी एकताका लागि आफू अध्यक्ष ओलीतिर लागेको बताएका गौतमले ओली र नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने जिकिर गर्छन् । पाटी एक हुनुपर्छ भन्दै देउवाको पक्षमा हस्ताक्षर नगरेका सचिव योगेश भट्टराईले पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी निर्णय गर्नु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् । उनले पार्टी एकताको पक्षमा रहेका देशभरका कार्यकर्ताको मनोविज्ञानमा गम्भीर प्रहार गरेको गृहजिल्ला ताप्लेजुङ पुगेर बताएका हुन् । नेपाल सर्बोच्च अदालतको फैसलाको पर्खाइमा छन् । तर, ओलीलाई सर्बोच्चले संसद पुर्नस्थापना गरिदिए आफू अल्पमतमा पर्ने त्रास छ । ओलीले जत्ति नै धम्कीपूर्ण भाषा दिएर र नेताहरु परिचालन गरेर नेपाललाई आफनो पक्षमा ल्याउन खोजेपनि तत्काल यो सम्भावना देखिदैन ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अध्यक्ष केपी शर्मा ओली, #माधव नेपाल, #शेरबहादुर देउवा

तपाईको कमेन्ट लेख्नुहोस्