राष्ट्रिय सभाको आठौं अधिवेशन आज शुरू हुँदै, बिभिन्न अध्यादेश पेश गर्ने कार्यसूची
काठमाडौं । राष्ट्रिय सभाको आठौं अधिवेशन आज शुरू हुँदै छ । संघीय संसद भवन बानेश्वरमा आज अपरान्ह ४ बजेका लागि बैठक डाकिएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेका अनुसार बैठकको आवश्यक सबै तयारी पूरा भएको छ ।
बैठकमा सहभागी हुने अध्यक्षदेखि राष्ट्रिय सभाका सबै सदस्य तथा सचिवालयका कर्मचारीको एन्टिजेन्ट विधिबाट कोरोना परीक्षण भइसकेको छ भने बैठक स्थलमा भौतिक दूरी कायम हुने गरी बस्ने व्यवस्था मिलाइएको छ । आज बैठकको प्रारम्भमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र र मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि पढेर सुनाउनेछन् । त्यसपछि विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री केपीशर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र शपथ सम्बन्धी अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ । राष्ट्रिय सभाको सातौँ अधिवेशन गत पुस १७ गतेदेखि २६ गतेसम्म चलेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #राष्ट्रिय सभा
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्