प्रधानमन्त्रीको ओलीको यति धेरै किन आक्रोश, देउवा, प्रचण्ड र नेपालमाथि कुण्ठा पोख्दै
कुनै समय जनताको बहुदलिय जनवादको नारा नेपाली कम्युनिष्टहरुबीच निक्कै लोकप्रिय थियो । यहि पथका कारण तात्कालिन एमाले महासचिव मदन भण्डारीले जननेताको उपमा पाए । उनको शालिन भाषा शिष्ट बोली र ब्यवहारले लठ्ठिएर कांग्रेसीजनहरुसँगै राजावादी समेत भाषण सुन्दासुन्दै एमाले बन्थे । दासढुंगा दुर्घटनाबाट अकालमै ज्यान गुमाएका उनै भण्डारीलाई जवजको सिद्धान्त अबलम्बन गर्ने एमालेले बेलाबेलामा स्मरण गर्दै आएको छ । ७० औं जन्मजयन्तीका अवसरमा समेत अहिले पार्टी नेतृत्वमा रहेका केपी शर्मा ओलीले मदन भण्डारीको स्मरण गरे । तर शालिन भाषा र शिष्ट बोली बोल्ने भण्डारीको जन्मजयन्तीमा उनकै पथप्रदर्शक ओलीले बोलेका भाषणहरु यस्ता थिए ।
कांग्रेसले प्रचण्डपथ अँगाल्यो, देउवाप्रति दया लाग्छ , माधव नेपाल प्रचण्डका पुच्छर हुन्, केही काम नपाएर कोही मान्छे नभेटेर नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बौलाहा कुकुरले टोकेको छ र ? लाजसरम पचेको मान्छे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छेपारोले झैं रंग फेर्नु नौलो होइन । हुन त राजनीतिमा नैतिकता बिर्सेर रन्थनीएका ओलीले न्यायाधीश, बुद्धिजीवी र राजनीतिक दलका शीर्ष नेतामाथि पालैपालो खनिएर गाली गर्नु नौँलो होइन । तर एउटा शिष्ट र शालिन उच्च कोटिको नेताको जन्मजयन्तीमा यसरी आफू बाहेक अरु कोही पनि ठिक होइन र छैनन भन्नेगरी गरिएको तुच्छ कोटीको भाषण र बेतुकको आलोचनाले अरुको मानमर्दन गिराउने होइन, ओली आफ्नै दम्भ र स्वभावलाई चित्रण गरेको छ ।
कसैप्रति मनमुटाब हुनसक्छ, असन्तुष्टि हुनपनि सक्छन, आक्रोश नै भएपनि प्रस्तुतीमा निक्कै ख्याल पुर्याउनुुपर्छ । तर, देशकै ठूलो पार्टी नेकपा एमालेको अध्यक्ष एवं देश र जनतालाई नेतृत्व दिने प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर बोलेका शब्द र गरेका गालि गलौँचले प्रधानमन्त्री ज्यू तपाईलाई बलियो बनाउँदैन । बरु तपाईकै व्यक्तित्वलाई गिराउनेछ । आफू बिरुद्धको गठबन्धन र त्यसमा सहभागि नेतामाथी मनको आक्रोश पोख्ने क्रममा बोलेका भाषण र शब्दलाई एकपटक आफैले मनन गर्नुहोस् त ? तपाईको पद र विगतको राष्ट्रवादी छवि ले सहजै स्विकार गर्छ । ओली मात्रै होइन यहाँका हरेक नेताहरुमा क्षमता विकास भन्दा आक्रोश र एकअर्का बिरुद्धको कुण्ठा भरिएको छ । मनको उकुसमुकुस आक्रोश पोख्न गरिएका भाषणका शब्दले आफ्नै व्यक्तित्व गिराउनेतर्फ ख्याल गरौँ । होइन भने एकदिन तपाईहरुकै बोली र ब्यवहारका कारण इतिहास नबन्दै वर्तमान मै जनताले सबक सिकाउलान ।
क्याटेगोरी : राजनीति, सम्पादकीय
ट्याग : #महासचिव मदन भण्डारी
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्