इजलासमा आजदेखि सरकारी पक्षको बहस,महान्यायाधिवक्तालाई ३ घण्टा समय
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमाआजदेखि सरकारी पक्षको बहस गर्ने भएका छन् । आइतबार रिट निवेदनकर्ताको तर्फबाट बहस सकिएसँगै आजदेखि सरकारी पक्षको बहस सुरु हुन लागेको हो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदले दायर गरेको रिटको सुनुवाइका लागि संवैधानिक इजलासले दिएको १२ घण्टाको सीमा सकिएसंगै हिजोको वहस पनि टुंगिएको हो ।
इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएको थियो । सो समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा गत बुधबारदेखि नियमित बहस शुरु भएको हो । आज शुरु हुने सरकार पक्षको वहसका लागि इजलासले १५ घण्टाको समय दिएको छ । सो अवधिको १ घण्टा रिट निवेदनमा विपक्षी बनाइएको सभामुखका कानुन व्यवसायीहरुलाई छुट्याइएको छ ।
सरकारी पक्षले गरेको आन्तरिक व्यवस्थापन अनुसार महान्यायाधिवक्ता बडालले ३ घण्टा र नायब महान्यायाधिवक्ता पदम पाण्डेले २ घण्टा बहस गर्नेछन् । सरकारी पक्षले पाएको १४ घण्टामध्ये प्रधानमन्त्री र राष्ट्रपतिका निजी कानुन व्यवसायीका लागि साढे ६ घण्टा समय छुट्टयाइएको छ । यसअघि शेरबहादुर देउवासहित १ सय ४६ रिट निवेदकको तर्फबाट ३६ जना कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभा विघटन, #बहस सुरु
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्