Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

खोपबारे सरकारको बारम्बार झुटो आश्वासन,कहिले आउने छैन् अझै टुंगो


काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँग जुध्न सरकारले अधिकांश जिल्लामा जारी गरेको निषेधाज्ञा करिब दुई महिनापछि केही खुकुलो बनाइएको छ । तर, निषेधाज्ञाले मात्रै संक्रमण नियन्त्रण हुँदैन । अहिले विश्व नै कोरोना नियन्त्रणका लागि खोप अभियानमा व्यस्त छ । तर, नेपालमा सुरु भएको खोप अभियान नै अलपत्र परेको छ । माघदेखि खोप लगाउन सुरु गरिएको थियो । तर, खोपको पहिलो मात्रा लगाएकाहरुले दोस्रो मात्रा ४ महिना बितिसक्दा पनि पाएका छैनन् । पहिलो मात्रा नै नपाएकाहरु प्नि खोपको आशा गर्नै छाडिसके ।

सर्वोच्च अदालतले दोस्रो मात्रा खोप नलगाएकालाई तत्काल खोप लगाउने व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ । कोरोनाका नयाँ–नयाँ भेरियन्ट, त्यसको तीब्र संक्रमण क्षमता र संक्रमण भइसकेपछि स्वास्थ्यमा देखिने गम्भीर जटिलताका कारण पछिल्लो समय जोखिम बढेको छ । सरकारले हरेक दिनजसो यो साता खोप पक्कै आउँछ, अर्को साता त आइ नै हाल्छ भन्ने आश्वासन दिइरहेको छ । तर, अझै केही महिना खोप आउने सम्भावना नरहेको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेल बताउछन् ।

सरकारले यस अघि नै भारतको सेरम इन्स्टिच्यूटबाट १० लाख डोज खोप खरिदका लागि अग्रिम भुक्तानी गरिसकेको छ । तर, उक्त खोप अझै उपलब्ध भएको छैन । सेरम इन्स्टिच्यूटबाट २०२१ भित्र खोप दिन नसक्ने भनेर नेपाललाइ परिपत्र गरेको भएतापनि पछिल्लो समय पुनःखोप दिनका लागि सकारात्मक देखिएको पोखरेलको भनाई छ ।

त्यस्तै कोभ्याक्स सुविधाबाट पनि खोप आउने सकारात्मक देखिएको छ । खोपको माग यसरी बढेको छ कि सरोकारवालाले अदालतदेखि सामाजिक सञ्जालसम्म तताएका छन । तर, सरकारले गरेका काम कारबाही तथा खोप प्राप्तिको आधार हेर्ने हो भने अझै केही समय नेपालीले कोभिड खोप लगाउन पाउने संकेत देखिँदैन ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कोरोना भाइरस, #खोप अभियान

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं