प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा आजबाट निरन्तर सुनुवाई, पाँच जनाले बहस गर्ने
काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन मुद्धाको आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईको संवैधानिक इजलास बनाइएको छ । सोही इजलासले गत जेठ २६ गते सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय लगायत विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
त्यस्तै संसद विघटन गर्नुको कारण ७ दिनभित्र लिखित रुपमा बुझाउन सरकारका नाममा आदेश दिएको थियो । सोही आदेश अनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख सापकोटाले पनि लिखित जवाफ बुझाइसकेका छन् । यस्तै संवैधानिक इजलासले अदालतको सहयोगीका रुपमा नेपाल बार र सर्वोच्च बारबाट २–२ जना वरिष्ठ अधिवक्ता रहने गरी एमिकसक्युरी मागेको थियो । सोहीअनुसार दुवैले दुई दुई सहयोगी पठाइसकेका छन् ।
असार एक गते इजलासलाई सहयोग गर्न चार जना एमिकस क्युरी चयन भएका हुन् । नेपाल बारले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषामल्ल पाठकलाई एमिकस क्युरीको रुपमा चयन गरेको छ । त्यस्तै सर्वोच्च अदालतबार एशोसिएसनले पनि वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रुपमा चयन गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभा विघटन, #होला त संसद पुर्नस्थापना
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्