ब्रिक्स सम्मेलनमा भारतको अध्यक्षतालाई चीनको समर्थन
एजेन्सी। पाँच प्रमुख उदयीमान राष्ट्रिय अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका बीचको सहयोगी संस्था ब्रिक्सको अध्यक्षता यसबर्ष भारतले गर्ने भएको छ। यो बर्षको ब्रिक्सको सम्मेलनमा भारतले अध्यक्षता गर्ने बिषयमा चीनले समेत समर्थन गरेको छ । भारतमा आयोजना हुने ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जीन पिङ पनि सहभागी हुने संभावना रहेको बताइएको छ ।
भारत र चीनबीच सीमा क्षेत्रमा जारी तनाबका बीच भारतको आयोजनामा हुन गइरहेको ब्रिक्स सम्मेलनलाई चीनले समर्थन गरेको हो । दुई देशबीच जारी तनाबका बाबजुद ब्रिक्स सहकार्य महत्वपूर्ण रहेको र सम्मेलनमा भारतको अध्यक्षतालाई चीनले समर्थन गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता वाङ वेनबीनले बताएका छन्।
भारतले आयोजना गर्ने सम्मेलनलाई समर्थन गर्दै भारत र ब्रिक्स सदस्य सबै देशहरुसँग आर्थिक, राजनीतिक सहकार्य बिस्तार गर्न चीन ईच्छुक रहेको पनि वाङ ले जानकारी दिए । केही दिन अघि दुई देशले पूर्वी लद्दाख र पश्चिमी तिब्बतको क्षेत्रमा जोडिएको पाङङ ताल क्षेत्रमा सैन्य संलग्नता रोक्ने र सीमा तनाबलाई आपसी समझदारीबाट समाधान गर्ने सहमति भएको थियो।
यद्यपी सन् २०१७ मा डोक्लाम क्षेत्रमा भारत र चीनबीच भएको ७३ दिन सम्मको गतिरोधका बाबजुद केही समयपछि चीनले आयोजना गरेको ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमनत्री नरेन्द्र मोदी उपस्थित भएका थिए । आर्थिक विकासको बाटोमा रहेका र क्षेत्रीय प्रभाव भएका यी पाँच मुलुकको सहकार्य सन् २००९ बाट सुरु भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, विदेश, समाचार
ताजा खबर
- १राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- २वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ३राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ४आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग
- ५ओली सामु आत्मसमर्पण गर्नेहरुले नेकपा एसको औचित्य पुष्टि भएन भनिरहेका छन्ः माधवकुमार नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्