काठमाडौं उपत्यकासहित ७० बढी जिल्लामा एकसाता थपियो निषेधाज्ञा
काठमाडौं । उपत्यकासहित देशका ७० वटा जिल्लामा आजदेखि निषेधाज्ञा थपिएको छ । गृह मन्त्रालयले दिएको पछिल्लो विवरणअनुसार धेरैजसो जिल्लाले असारको पहिलो सातासम्म निषेधाज्ञा थपिएका हुन् । सुनसरी, बझाङ, मुगु, लमजुङ र रुकुम पूर्वको निषेधाज्ञा थप भएको विवरण प्राप्त भइ नसकेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
सबैजसो जिल्लामा जनजीवनलाई विगत भन्दा केही खुकुलो बनाउँदै निषेधाज्ञा थपिएको छ । निषेधाज्ञा खुकुलो बनाउँदै लगिएपनि स्वास्थ्य मापदण्डलाई भने अझै पूर्णरूपमा पालना गर्न चिकित्सकहरुले सुझाब दिएका छन् । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्लामा विगत एक महिनाअघिदेखी निषेधाज्ञा लगाइँदै आइएको छ ।
कोरोना रोकथामका लागि अवस्था र आवश्यकता हेरेर निषेधाज्ञा लगाउने अधिकार सरकारले स्थानीय प्रशासनलाई दिए अनुसार स्थानीय तह र जिल्ला प्रशासन कार्यालय मार्फत निषेधाज्ञाको आदेश जारी हुँदै आएको छ । निषेधाज्ञा थपिएका जिल्लामध्ये ताप्लेजुङ र मुस्ताङमा भने जिल्लाभर नभएर केही स्थानमा आंशिक निषेधाज्ञा गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निषेधाज्ञा
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्