पूर्वप्रधानमन्त्रीको सक्रियता, बैदेशिक हस्तक्षेपबिरुद्ध ऐक्यवद्धता
काठमाडौं । देशको प्रमुख कार्यकारी पदमा पुगेका पूर्वप्रधानमन्त्रीहरुले नै नेपालमा बाह्य हस्तक्षेप बढेको भन्दै बिज्ञप्ती जारी गरे । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले एक स्वरमा बाह्य शक्तिको हस्तक्षेपको विषय उठाउनुभएको छ । तर, कहाँ कस्ले र कसरी हस्तक्षेप गर्न लाग्यो भन्ने कुरा खुलाइएको छैन् । नेपालमा झण्डै ६ महिनादेखि राजनीतिक अस्थिरता कायम छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते पहिलो पटक संसद बिघटन गरेपछि दलहरुमा देखिएको अविश्वासको खाडल झनै बढ्दो छ । बिपक्षी गठबन्धनले आफनो पक्षमा बहुमत भएको दाबी गर्दा गर्दै प्रधानमन्त्री ओलीले फेरि दोस्रो पटक प्रतिनिधिसभा बिघटन गर्नुभयो । त्यहि मुद्धा लिएर बिपक्षी गठबन्धन कानुनी लडाईमा छन् । प्रदेश–प्रदेशमा सरकार बनाउने र गिराउने क्रम जारी नै छ । दलहरुबीच देखिएको यो तिक्तताले जनता निरास भएका बेला देशको कार्यकारी पदमा पुगेर सत्ताको बागडोर सम्हालेका पूर्वप्रधानमन्त्रीहरुले नै नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप भइरहेको भन्दै बिज्ञप्ती नै जारी गरेका छन् ।
पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्नेमा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छौँ । विज्ञप्तिमा उल्लेख भएको कुराले नै नेपालको आन्तरिक मामिलाका सम्बन्धमा बाह्य पक्षबाट हस्तक्षेप भएको सूचना पूर्वप्रधानमन्त्रीहरुले पाएको देखिन्छ । पूर्वप्रधानमन्त्रीहरुले नै जारी गरेको बिज्ञप्तीमा कहाँ कस्ले र कसरी हस्तक्षेप गर्न लाग्यो भन्ने खुलाइएको छैन् । कसलाई बाह्य शक्ति भनेर केन्द्रीत गरिएको हो त्यो पनि टुंगो छैन् ।
केहीदिनअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकबाट बाहिरिदै गर्दा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अहिलेको व्यवस्था जोखिममा पर्न लागेको सूचना आफूले पाएको भनी सार्वजनिक अभिब्यक्ती दिएका थिए । भट्टराईले अहिलेको व्यवस्था नै उल्टाउन पर्दाभित्र विभिन्न खाले षडयन्त्रहरु भइरहेको जिकिर समेत गरेका छन् । उनको यो कुरामा साथ दिने गरी पूर्वप्रधानमन्त्रीको नै संयुक्त बिज्ञप्ती आउनु र दुई दुई पटक संसद बिघटन गर्नु के बाह्य हस्तक्षेप हो त ? प्रधानमन्त्री ओलीले देश कोरोना महामारीबाट आक्रान्त भइरहेका वेला सत्ता टिकाइराख्न गरिएको जालझेल, भ्रष्टचारका कुरा मात्रै होइन घाटा बजेट पूर्ति गर्ने निहुँमा ढुंगा, बालुवा र गिटी उत्खनन गरी विदेशमा निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय भएको बिज्ञप्तीमा उल्लेख भएका छन् । तर, प्रधानमन्त्री ओलीबिरुद्ध गठबन्धन नै बनाएर संघर्ष गरिरहेका पूर्वप्रधानमन्त्रीहरुले मुख्यगरी बाह्य हस्तक्षेपको बिषयलाई नै मूल एजेण्डा बनाउदै बिज्ञप्ती जारी गरेको देखिन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पूर्वप्रधानमन्त्रीहरु, #बाह्य हस्तक्षेप
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्