अमेरिकासँगको सम्बन्ध पुनःस्थापित गर्ने पाकिस्तानको प्रयास असफल

काठमाडौं,एजेन्सी । अमेरिकासंग सम्बन्ध पुनर्जीवित गर्न पाकिस्तानले गरेको प्रयास सफल हुन सकेको छैन । पाकिस्तानले अमेरिकी राष्ट्रपतिमा जो बाइडेन आएसंगै उक्त प्रशासनसंग सम्बन्ध सुधारका लागि गरेको प्रयासमा अमेरिकी प्रशासनले खासै महत्व नदिएको बताइएको छ ।
पाकिस्तानले बाइडेन प्रशासन आएसंगै अमेरिकासंगको सुरक्षा र आर्थिक सहयोगको अपेक्षा राख्दै आएको थियो। राष्ट्रपति बाइडेनले पाकिस्तानलाई राम्ररी बुझेको र नयाँ समझदारीको मार्ग प्रशस्त गर्न मद्दत पुर्याउने भन्दै पाकिस्तान आशावादी बनेपनि अमेरिकाले महत्व नदिएको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन्।
नीति निर्माणमा संलग्न एक वरिष्ठ पाकिस्तानी अधिकारीले द एक्सप्रेस ट्रिब्यूनलाई पाकिस्तान अमेरिकासँगको सम्बन्ध पूर्ण रूपमा द्विपक्षीय लेन्स मार्फत विकास गर्न चाहेको र चिनियाँ लेन्स वा भारतीय लेन्सबाट बुझ्न नचाहेको बताएका हुन ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, विदेश, समाचार
ट्याग : #अमेरिकासंग सम्बन्ध पुनर्जीवित
ताजा खबर
- १एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
- २बेलायतले रुसलाई लगायोआफ्ना शीर्ष नेताविरुद्ध साइबर जासुसी गरेको आरोप
- ३गाजाको अवस्था अत्यन्त खराब भएको संयुक्त राष्ट्रसंघीय एजेन्सीको दाबी
- ४राष्ट्रियसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक,दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
- ५त्रिभुवन विमानस्थल भन्सारबाट १४ किलो सुन बरामद, ज्याकेट र जुत्तामा लुकाएको फेला (भिडियो सहित)
तपाईको कमेन्ट लेख्नुहोस्