अर्थतन्त्र राम्रोसँग व्यवस्थापन हुन नसकेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानको स्वीकारोक्ती

काठमाडौं । पाकिस्तानमा निरन्तर अबौं डलरको ऋण थपिँदै जाँदा प्रधानमन्त्री इमरान खानले चिन्ता ब्यक्त गरेका छन् । देशको अर्थ व्यवस्था बिगतमा राम्रोसँग व्यवस्थापन हुन नसक्दा ऋण थपिदै गएको प्रधानमन्त्री खानले स्वीकार गरेका छन् । इस्लामाबादमा आयोजित एक कार्यक्रममा पाकिस्तानका प्रधानमन्त्री खानले विगतमा लिइएको ऋणले देशको धनसम्पत्ति सिर्जना गर्नुको सट्टा थप ऋणको बोझलाई बढाइदिएको भनाई राखेको द न्युज इन्टरनेसनलले उल्लेख गरेको छ ।
प्रधानमन्त्री खानले पाकिस्तान सरकारले देशको ऋण फिर्ता लिन सम्पत्ति निर्माण गर्ने परियोजनामा ध्यान केन्द्रित गरिरहेको बताए । पाकिस्तानमा कोभिड–१९ को घटनाहरूको बढ्दै जाँदा भएको आर्थिक अभाव र असर पर्नेलाई राहत प्याकेज बितरण गर्न सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई सम्पर्क गर्ने छ। उनले देशमा ऋण थपिइरहेपनि मुख्य चिन्ताको विषय जनतालाई गरिवीबाट हटाउनु रहेको बताएको छ ।
खानले सरकारले ऋणका लागि आईएमएफसँग कुरा गर्ने बताएका छन्। उनले भनेका छन् पाकिस्तानको अर्थव्यवस्था सुधार हुँदै गइरहेको सकारात्मक संकेतकहरूका बीच महामारीले संकट थपीदिएकोले अर्थब्यवस्था सुधार गर्न सबै लाग्नुपर्ने बताएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्