अर्थतन्त्र राम्रोसँग व्यवस्थापन हुन नसकेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानको स्वीकारोक्ती
काठमाडौं । पाकिस्तानमा निरन्तर अबौं डलरको ऋण थपिँदै जाँदा प्रधानमन्त्री इमरान खानले चिन्ता ब्यक्त गरेका छन् । देशको अर्थ व्यवस्था बिगतमा राम्रोसँग व्यवस्थापन हुन नसक्दा ऋण थपिदै गएको प्रधानमन्त्री खानले स्वीकार गरेका छन् । इस्लामाबादमा आयोजित एक कार्यक्रममा पाकिस्तानका प्रधानमन्त्री खानले विगतमा लिइएको ऋणले देशको धनसम्पत्ति सिर्जना गर्नुको सट्टा थप ऋणको बोझलाई बढाइदिएको भनाई राखेको द न्युज इन्टरनेसनलले उल्लेख गरेको छ ।
प्रधानमन्त्री खानले पाकिस्तान सरकारले देशको ऋण फिर्ता लिन सम्पत्ति निर्माण गर्ने परियोजनामा ध्यान केन्द्रित गरिरहेको बताए । पाकिस्तानमा कोभिड–१९ को घटनाहरूको बढ्दै जाँदा भएको आर्थिक अभाव र असर पर्नेलाई राहत प्याकेज बितरण गर्न सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई सम्पर्क गर्ने छ। उनले देशमा ऋण थपिइरहेपनि मुख्य चिन्ताको विषय जनतालाई गरिवीबाट हटाउनु रहेको बताएको छ ।
खानले सरकारले ऋणका लागि आईएमएफसँग कुरा गर्ने बताएका छन्। उनले भनेका छन् पाकिस्तानको अर्थव्यवस्था सुधार हुँदै गइरहेको सकारात्मक संकेतकहरूका बीच महामारीले संकट थपीदिएकोले अर्थब्यवस्था सुधार गर्न सबै लाग्नुपर्ने बताएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्