ताइवानमाथिको खतराको जोखिमको प्रतिरोध गर्न अमेरिका तयार

अमेरिका । अमेरिकाले ताइवानको सुरक्षा वा त्यहाका जनताको सामाजिक वा आर्थिक प्रणालीलाई जोखिममा पार्ने बल वा अन्य प्रकारका जबरजस्ती गर्ने कुनै पनि गतिबिधिलाई प्रतिरोध गर्ने चेतावनी दिएको छ। ताइवानका विदेशमन्त्रीले चीनले आक्रमण गरेमा आफ्नो देशलाई बचाउन आह्वान गरिरहेका बेला अमेरिकाको यस्तो धारणा आएको हो।
मिडिया रिपोर्टहरुका चीनले हालै ताइवानमाथीको दबाब बढाउँदै लगेको छ र बारम्बार चेतावनी पनि दिइरहेको छ। अमेरिकाले ताइवानप्रतिको आफ्नो प्रतिबद्धता ठोस रहेको र ताइवान सामुद्रिक क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न अमेरिका सक्षम रहेको बताएको हो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्रइसले अमेरिकाको इण्डो–प्यासेफीक क्षेत्रमा साझा समृद्धि, सुरक्षा र मूल्यमान्यताहरू कायम गर्न अमेरिका र साझेदारहरूले निरन्तर काम गरिरहेको बताए।
उनले ताइवान जल क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न अमेरिकाले काम गरिरहेको पनि उनले बताए। यता ताइवानको नजिक तनाव बढाउने क्रममा चीनको आफ्ना नौसेनाले ताएवानकै नजिकको क्षेत्रमा आफ्नो सैन्य अभ्यास बढाउँने घोषणा गरेको याहु न्यूजले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, विदेश, समाचार
ट्याग : #अमेरिकाले ताइवान, #ताइवानका विदेशमन्त्री
ताजा खबर
- १एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
- २बेलायतले रुसलाई लगायोआफ्ना शीर्ष नेताविरुद्ध साइबर जासुसी गरेको आरोप
- ३गाजाको अवस्था अत्यन्त खराब भएको संयुक्त राष्ट्रसंघीय एजेन्सीको दाबी
- ४राष्ट्रियसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक,दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
- ५त्रिभुवन विमानस्थल भन्सारबाट १४ किलो सुन बरामद, ज्याकेट र जुत्तामा लुकाएको फेला (भिडियो सहित)
तपाईको कमेन्ट लेख्नुहोस्