प्रधानमन्त्री ओलीको आक्रोश,राष्ट्रपतिलाई तिमी भन्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘तिमी’ भनेको भन्दै आक्रोश ब्यक्त गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि प्रधानमन्त्री ओलीले आक्रोश व्यक्त गरेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई ‘तिमी’ भनेर सम्बोधन गरिएकोमा ओलीले कार्यक्रममै आक्रोश पोखेका हुन् । शनिबार बुद्धिवहादुर रायमाझीको ‘१६ वर्षे जेलजीवन’बारे लेखिएको पुस्तक लोकार्पण कार्यक्रममा ओलीले भने, ‘सम्मानित पदमा पुगेको जनताका छोराछोरीलाई सम्मान गर्नुहुन्न भन्ने हामीलाई परेको छ। अरूको त के कुरा नेपाली कांग्रेसका सभापतिले पनि त्यो गरिमा राख्न चाहनुभएन। राष्ट्रपतिलाई यसो गरिन् भनेर लेखियो ।
ओलीले थपे देउवाको यही कदमबाट गणतन्त्रलाई खुइल्याउने षड्यन्त्र पुगेको पुष्टि हुने दाबी गरेका छन्। देउवाले राष्ट्रपति भण्डारीले आफूले १ सय ४९ जनाको हस्ताक्षरसहित दाबी गरे पनि प्रधानमन्त्री नियुक्त नगरेको तर प्रतिनिधिसभा विघटन गरिदिएको भन्दै शनिबार विज्ञप्ति जारी गरेका थिए। सोही बिज्ञप्तीलाई लिएर ओलीले आक्रोश पोखेका हुन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्