गोदावरी नगरपालिकाको स्काउट संयोजकमा अर्याल,को कोले पाए त ललितपुरमा जिम्मेवारी
काठमाडौं । नेपाल स्काउटले ललीतपुरको गोदावरी नगर संयोजकको जिम्मेवारी युवा स्काउट तथा पत्रकार दिपक अर्यालले पाएका छन । बैसाख ९ गते बसेको नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिको बैठकले उनलाई गोदावरी नगरपालिकाको संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।
यस्तै ललीतपुरको महानगरपालिको संयोजकमा गोपाल मर्हजन, महालक्ष्मी नगरपालिकामा मुना खनाल बागमी गाउँपालिकामा बाबुलाल घलान, कोन्ज्योसोमा गाउँपालिकामा मिलन तामाङ र महाकाल गाउँपालिकामा कल्याण महतले संयोजकको जिम्मेवारी पाएका छन । बिगत ९ बर्षदेखी नेपाल स्काउटको आवधिक निर्वाचन नभएको अवस्थामा स्काउटिङ गतिबिधिहरु संचालन गर्नका लागी देशका ७ सय ५३ वटै स्थानिय तहमा संयोजक तोकिएको हो ।
स्थानिय तहको स्काउट संयोजकको जिम्मेवारी पाएकाहरुलाई स्काउटका शैक्षिक, सामाजिक तथा सांगठनिक गतिबिधिहरुलाई स्थानिय स्तरमा विस्तार गरि नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको लक्ष, दुरदृष्टी र निर्णयहरु कार्यान्वयन गर्न गराउन निर्देशन दिईएको छ । स्थानिय तहका स्काउटहरुले हरेक बिद्यालयमा स्काउट ईकाई निमार्ण गरि सबै बालबबालिका तथा युवाहरुलाई स्काउटिङ अभियानमा सरिक गर्ने बताईएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी





तपाईको कमेन्ट लेख्नुहोस्