गोदावरी नगरपालिकाको स्काउट संयोजकमा अर्याल,को कोले पाए त ललितपुरमा जिम्मेवारी
काठमाडौं । नेपाल स्काउटले ललीतपुरको गोदावरी नगर संयोजकको जिम्मेवारी युवा स्काउट तथा पत्रकार दिपक अर्यालले पाएका छन । बैसाख ९ गते बसेको नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिको बैठकले उनलाई गोदावरी नगरपालिकाको संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।
यस्तै ललीतपुरको महानगरपालिको संयोजकमा गोपाल मर्हजन, महालक्ष्मी नगरपालिकामा मुना खनाल बागमी गाउँपालिकामा बाबुलाल घलान, कोन्ज्योसोमा गाउँपालिकामा मिलन तामाङ र महाकाल गाउँपालिकामा कल्याण महतले संयोजकको जिम्मेवारी पाएका छन । बिगत ९ बर्षदेखी नेपाल स्काउटको आवधिक निर्वाचन नभएको अवस्थामा स्काउटिङ गतिबिधिहरु संचालन गर्नका लागी देशका ७ सय ५३ वटै स्थानिय तहमा संयोजक तोकिएको हो ।
स्थानिय तहको स्काउट संयोजकको जिम्मेवारी पाएकाहरुलाई स्काउटका शैक्षिक, सामाजिक तथा सांगठनिक गतिबिधिहरुलाई स्थानिय स्तरमा विस्तार गरि नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको लक्ष, दुरदृष्टी र निर्णयहरु कार्यान्वयन गर्न गराउन निर्देशन दिईएको छ । स्थानिय तहका स्काउटहरुले हरेक बिद्यालयमा स्काउट ईकाई निमार्ण गरि सबै बालबबालिका तथा युवाहरुलाई स्काउटिङ अभियानमा सरिक गर्ने बताईएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल





तपाईको कमेन्ट लेख्नुहोस्