Techie IT
  • ८ माघ २०८१, मंगलबार
KhojPatrika

सिद्धान्तमा एक हुने कि गुटको दौडधुप ?


सत्तारुढ दल नेकपा कोही भन्छन् चोइटिदैछ । कोही भन्छ फुट्दैछ । तर, प्रधानमन्त्री केपी शर्मा ओली भने जे गर्नु छ गर म राजीनामा दिनेवाला छैन् भन्दै पाटीका नेताहरुलाई नै धम्की दिदैछन् । हुनत् प्रधानमन्त्री ओलीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तपाईसँग मिलेर जान सकिदैन । तपाई आफनो बाटो म मेरो बाटो भनेर घुर्की लगाएको पनि ५ दिन बित्यो । यसबीचमा दुई अध्यक्षबीचमा न त छलफल नै भएको छ न त भेटवार्ता नै । नेकपाभित्रका दुबै गुट पार्टीको विवाद मिलाउन र फुटबाट जोगाउन भन्दा पनि कसलाई कसरी आफनो पक्षमा पार्ने भनी अंकगणितीय खेल खेल्नु व्यस्त ।
दोस्रो वरियताका नेताहरुले पार्टी फुट्नु हुन्न दुई अध्यक्षबीच सम्बाद हुनुपर्छ भनिरहदा प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा गई कुनै पनि परिस्थितिमा राजीनामा दिन्न मात्रै भनिरहेका छैनन्, अर्का अध्यक्षले बोलाउने बैठक होस वा पार्टीको सचिवालय बैठक, स्थायी कमिति, केन्द्रीय समिति बैठक कतै पनि नजाने र बैठकले गरेका कुनै पनि निर्णय नमान्नेसम्मको धम्की दिदैछन् । यो रणनीतिलाई कतिपयले अर्का अध्यक्ष दाहाललाई गलहत्याउने प्रपञ्च भनिरहँदा उनै ओली पार्टीको समिकरणमा अल्पमतमा छन् । जसको पछिल्लो उदाहरणको रुपमा पार्टीका उपाध्यक्ष बामदेव गौतम र राष्ट्रपति बिद्यादेवी भण्डारीको भेटवार्ता र त्यसमा गरिएका कुराकानी ।
नेकपाबाट राष्ट्रपति बनेकी भण्डारीले समेत फुटबाट बचाउन हारगुहार गर्नुपरेको छ । जनताको सवालमा पटक्कै नबोल्ने राष्ट्रपति पार्टी उपाध्यक्ष गौतमलाई बोलाएर पार्टी मिलाउन हारगुहार गर्छिन । दुबै पक्ष केन्द्रदेखि स्थानीय तहसम्म आफूलाई बलियो बनाएर अघि बढ्ने कसरत गर्दैछन । दुई पार्टी एकीकरण हुँदा दुई अध्यक्ष साक्षी भएर अरु नेताहरुसँग छलफल र परामर्श नै नगरी नेकपा भनेको केवल दृुई जनाको मात्रै पेवा हो भन्ने हुंकारको परिणाम हो वर्तमान नेकपाभित्र देखिएको किचलो र विवाद । तत्कालिन नेकपा माओवादी युद्ध लड्दाका सारथीहरु छिन्न भिन्न पारी आफू सधैं सत्तामा पुग्न र टिकिरहनका लागि पार्टी एकता गरेका अध्यक्षद्धयको ताण्डप नृत्यको सिकार बन्न पुग्यो नेकपा ।
नेपाली कम्युनिष्ट राजनीतिमा कुटिल चाल चाल्न माहिर  बर्तमान प्रधानमन्त्रीले आफनो स्वार्थ पूरा भएपछि अर्का अध्यक्ष दाहाललाई अव जान सक्नुहुन्छ भनी बाटो खुला गर्न खोजेपनि दाहाल समेत नेपालको कम्युष्टि राजनितिका कच्चा खेलाडी होइनन् । शेरमाथि सवार शेर भनेझै कतै प्रचण्डमाथि ओली हावी भएका त होइनन् पछिल्ला घटनाक्रमले यिनै कुराहरु प्रमाणित गर्छन् । एकले अर्कोलाई विश्वास नगर्नु एउटा पूर्व हिड्दा अर्को पश्चिमतिर लम्कीनुले कसरी पार्टी मजबुद हुन्थ्यो । प्रचण्डको ढुलमुले नीतिले पनि उनी अहिलेको अवस्थामा पुगेका हुन् । पार्टीभित्रको विवाद मिलाउनुको सट्टा निर्णय गर्दा सुटुक्क प्रधानमन्त्री र आफू मिल्ने अनि बिरोध गर्नुपर्दा बरिष्ठ नेता माधव नेपाललाई बोकी हिड्ने ।
दुई डुंगामै खुट्टा राख्ने निति अवलम्बन गर्नुले पनि अहिले प्रचण्डलाई गर या मरको अवस्था सिर्जना भएको छ । हुनत यी दुई नेताका बीचको सम्बन्ध कहिल्यै सुमधुर बन्न सकेन । संसदमै एकले अर्काका बिरुद्ध अविश्वासको प्रस्ताव ल्याई पदच्युद नगराएका पनि होइनन् । कुनै समय आफूलाई एउटा जेट बिमानका दुई पाइलटसम्म घोषणा गर्न भ्याएका दुई अध्यक्षले कतै नेकपालाई दुर्घटनामा पार्दैत छैनन ?  जनतालाई यसबारे खासै चासो नभएपनि नेकपाजनहरुले यस्तै चिन्ता गरिरहेका छन् ।

क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, सम्पादकीय
ट्याग : #सत्तारुढ दल नेकपा

तपाईको कमेन्ट लेख्नुहोस्