नेपाल उद्योग वाणिज्य महासंघको चुनाव : ढकाल समूहको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष लगायत अन्य पदका लागि व्यवसायीहरुले उमेदवारी दर्ता गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्याकालकालागि नेतृत्व हत्याउन अहिले दुई समुहमा विभाजन भएका छन् । महासंघको नयाँ नेतृत्वकालागि बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र किशोर प्रधानको समुहले छुट्टाछुट्टै रुपमा उम्मेदबारी दर्ता गराएका छन् । वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी दर्ता गराएका छन् ।
ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गरेका छन् भने ढकालकै प्यानलबाट सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकास अधिकारी, जय सिबाकोटी, सुबास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुबोधकुमार गुप्ता, सुमित केडिया, रबिनकुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेद्वार दर्ता गराएका छन् । यसैगरी, किशोर प्रधानको प्यानलमा एसोसिएट्स उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ तथा जिल्ला र नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उटम्मेदवारी दर्ता गराएका छन् ।
प्रधान प्यानलबाटै सदस्यहरुमा अरुण सुमार्गी, अशोक अमात्य, तारनाथ घिमिरे, उमेश घिमिरे, रामेश्वर मानन्धर, अशोक ताम्राकार, गजेन्द्र भगत, गोपाल केडिया, देवकुमार श्रेष्ठ, मंगलसिंह ठगुन्ना, अरनिको राजभण्डारी, अशोक शर्मा, विप्लवमान सिंह, विष्णु गैरे, दिपक दाहाल, गोविन्द ढुंगेल, माधवलाल श्रेष्ठ, मनिषलाल प्रधान, मिनमान श्रेष्ठ, रामबहादूर श्रेष्ठ, शकुन्तलाल हिराचन, सन्दिप अग्रवाल, शारदा रिजाल, शिवप्रसाद घिमिरे, सुनिल गोपाल श्रेष्ठ, विजयसिंह बैद्यलगायतले उमेदवारी दर्ता गराएका छन् । महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।
क्याटेगोरी :
अर्थ,
देश/दुनियाँ,
राजनीति,
समाचार
ट्याग : #चन्द्र ढकाल र किशोर प्रधान
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्