Techie IT
  • ४ फागुन २०८१, आईतबार
KhojPatrika

सर्तक भएर दशैं मनाऔं,कोरोनालाई कोशेली नबनाऔं


दशैं तपाई हाम्रो घरदैलोमा आइसकेको छ । कतिपय दशैं मनाउन गाउँ घरमा पुगिसक्नु भयो होला । कतिपय बाटोमै हुनुहुन्छ होला । अनि केही अझै घर जाने या नजाने दोधार गरिरहनुभएको होला । हिन्दुधर्मालम्बीहरुको महान चाड दशैं । बर्षोसम्म घरदैलोमा पाइला नटेकेका जो कोहीलाई पनि दशैं भन्ने बित्तिकै घरको याद अवश्य पनि आउछ । घर जान चाहना राख्ने तर कर्मथलोमा खटिनै पर्ने बाध्यता रहेका तमाम पेशाकर्मीको मन खिन्न भएपनि देश र जनताको सेवामै खटिएर दशैं मनाउनुपर्छ । तर, बिगतको जस्तो दशैंमा रमाउने र मेला पर्व चलाउने अवस्था अहिले छैन् ।

कोरोना महामारीसँग देश नै यतिबेला जुधिरहेको छ । तपाई हाम्रो दैनिकी नै फेरिदिएको छ । सरकार आह्वान गरिरहेको छ जो जहाँ छौं त्यहि दशैं मनाउऔंै । हो यतिबेला सजग र सर्तकता अपनाइएन भने स्थिति झनै भयावह हुने खतराका संकेत आइरहेका छन् । तपाई यात्रा गर्दै हुनुहुन्छ भने यात्रा यसपाली त्यती सहज छैन । छेउमै बसेको ब्यक्तीसँग समेत डराउनुपर्ने अवस्थाको यात्रा तपाई भोगिरहनुभएको छ होला । शुक्रबार फुलपातीसँगै सरकारी तथा अन्य कार्यालय समेत बन्द हुँदा अवको दुई दिन झनै यात्रा गर्नेहरुको संख्या थपिन्छ । यात्रा गर्दा कोरोनाको जोखिम कम गर्न केही तरिका अपनाऔं । जस्तो एउटै ठाउँमा कोचिएर यात्रा नगरौं । यात्रुहरु एकअर्कासँग भलाकुसारी गर्ने, हासोठट्टा गर्ने नगरौं ।

संभव भएसम्म आफैले खानेकुरा बनाएर लाने । होटल वा बाहिर नखाने । चालक–सहचालकलाई समेत मास्क लगाउन र भौतिक दुरी कायम गर्न सजग गराउने । कसैसँग बोल्नै परेमा मास्क चिउडोमा नतान्ने । यात्रा गर्नुअघि धेरै मसेलदार, चिल्लो, चाप्लो खाना नखाने । सादा र सुपाच्य खानेकुरा सेवन गर्ने । साधै आफुले गाडीमा खानका लागि पनि फलफूल लगायत सादा खानेकुरा बोक्नु उपयुक्त हुन्छ । पानीको जोहो पनि आफ्नै घरबाट गर्नु उचित हुन्छ । उमालेर सेलाएको पानी बोक्न सकिन्छ । हुलमुलमा आफ्नो सामान हराउने, साटिने संभावना हुन्छ । त्यसैले आफ्नो सामाग्रीको ख्याल राख्ने । हावा गुम्सिने, साँघुरो ठाउँमा कोरोना भाइरस एकअर्कामा सजिलै फैलने हुँदा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न नभुलौं । चालक–सहचालक धेरै व्यक्तिसँगको सम्पर्कमा हुने भएकाले हातमा गोल्ब अर्थात् पञ्जा र माक्सको प्रयोग गरौं ।

घरमा पुग्दा बर्षोपछि आएका छोरा छोरी या नाती नातिनाबीच पारिवारिक भेटघाट र आपसी खुसी साट्न खोज्छन् तर होसियार रहौं घरमा सुरक्षित रहेका परिवारलाई तपाईले कतै कोरोना उपहार त लिएर जानुभएको छैन् ? होसियार रहौं स्वास्थ्य सावधानीका उपाय अपनाएर मात्रै परिवारसँग रमाइलो गरौं । हामीलाई थाहै छ, अहिले कोरोना भाइरसबाट बाच्ने एकमात्र उपाय भनेको सजगता अपनाउनु नै हो । न यसको उपचार हुन्छ, न उपचार गर्ने पर्याप्त ठाउँ नै उपलब्ध छ । अस्पतालहरु भरिभराउ छ ।

आपतकालिन अवस्थाका बिरामीहरुले त उपचार पाइरहेका छैनन् । यस्तो अवस्थामा गाउँ–गाउँमा कोरोना संक्रमण फैलिएमा स्थिती के होला ? शहरी क्षेत्रको तुलनामा अहिलेसम्म गाउँ गाउँमा कोरोनाको संक्रमण त्यती डरलाग्दो छैन । तर, दशैं–तिहार जस्तो चाडमा मान्छेहरुको आउजाउ र चहलपहल बढ्ने भएकाले कोरोना फैलने जोखिम उच्च छ । सर्तक रहौं दशैं दशा नबनाऔं । बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ।।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, सम्पादकीय
ट्याग : #दशैं, #फुलपाती

तपाईको कमेन्ट लेख्नुहोस्