महिलालाई राप्रपामा समान जिम्मेवारी दिन केन्द्रीय सदस्यले बुझाए ८ बुँदे माग
काठमाडौं । संविधानले हरेक तह र तप्कामा महिलाको हक अधिकार सुनिश्चित गरेको छ । तर, सत्तारुढ दल हुन् या प्रमुख प्रतिपक्ष दल अहिले पनि महिलालाई समान अधिकार दिन चाहेका छैनन् । सबै पार्टीमा पुरुषहरुकै हावी छ । हरेक पनि पार्टीका महिलाले आवाज नउठाएका भने होइनन् तर अधिकार दिन नै कन्जुस गरेजस्तो देखिन्छ । आफनै पार्टीभित्र अधिकार खोज्न महिला नेतृहरु अव सक्रिय हुन थालेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा महिलालाई पनि समान जिम्मेवारी दिन माग गर्दै ८ बुँदे माग पत्र बुझाइएको छ । राप्रपाका दुई केन्द्रिय सदस्य विन्दा गिरी र दिलमाया लामाले राप्रपा अध्यक्षहरुलाई संयुक्त ज्ञापनपत्र बुझाउदै नेपालको संविधान २०७२ ले व्यवस्था गरेबमोजिम ३३ प्रतिशत महिलालाई जिम्मेवारी प्रदान गर्न माग गरे ।
एक रथको दुई पाङ्ग्रा झै जनसंख्याको हिसाबले पनि हामी महिलाको संख्या आधा रहेको अवस्थामा अधिकार दिन बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिज्ञप्तीमा जगतजननी माता सीता, आदर्श नेपाली चेली भृकुटी, राजमाता राजेन्द्रलक्ष्मी आदि मातृशक्तिले गौरवमय ऐतिहासिक भूमिका निर्वाह गरेको र हालैको राष्ट्रिय परिप्रेक्ष्यमा समेत अन्य दलबाट राष्ट्रपति, सभामुख र अन्य महत्वपुर्ण भुमिका समेत प्रदान गरिएको छ । सनातन धर्म संस्कृति मान्ने हाम्रो दलमा महिलाहरु अपहेलित र न्युनप्रतिनिधित्व नहोस भनि नेतृत्ववर्गको ध्यानाकर्षण गर्न चाहेको उल्लेख गरिएको छ ।
यस्ता छन् ८ बुँदे माग
१.पार्टीको केन्द्रदेखी स्थानीय तह सम्मका पार्टी र संगठनका कार्यसमिति, कार्यसम्पादन , विभाग र पदाधिकारी सबैमा संबैधानिक ब्यबस्था अनुसार ३३५ महिला सहभागिता पार्टी बिधानमै ब्यबस्था गरी त्यसलाई इमानदारीपुर्बक पालना गरियोस् ।
२. स्थानीय अधिवेशन र महाधिवेशन प्रतिनिधिको चयन हुँदा सबै प्रदेश, जिल्ला ,क्षेत्र र नगरपालिकाहरु बाट ३३ ५ महिला अनिबार्य सहभागिता ब्यबस्था गरियोस् ।
३. महिला सशक्तीकरणको लागि पार्टीले ७७ जिल्लामा विशेष प्रशिक्षणको ब्यबस्था गर्दै मङ्सिर देखि फागुन सम्म सम्पन्न गर्ने गरियोस ।
४. पार्टीको हरेक गतिविधि हरुमा पुरुष र महिलाको बराबरी सहभागीता हुने ब्यबस्था गरियोस ।
५. जिम्मेवारी दिने क्रममा पार्टीले एक ब्यक्ति एक पदको नीति बनाइ कार्यन्वयन गरियोस ।
६.पार्टीले सुगम र दुर्गम क्षेत्रका कार्यकर्ताहरुको यथार्थ लेखा जोखा गरि मुल्यांकन गरियोस् ।
७. दुर्गम र पिछडिएका क्षेत्रमा रहेका महिला हरुलाइ उचित मुल्यांकन गरि राजनीति क्षेत्रमा अग्रसर हुने नीतिनिर्माण गरियोस् ।
८.सबै जाति जनजाति, मधेशी, दलित, पिछडाबर्ग र उत्पीडितहरुलाइ समाबेशीताको नीति बनाई ब्यबहारमा लागू गरियोस् ।
क्याटेगोरी :
जनप्रतिनिधि,
देश/दुनियाँ,
राजनीति,
समाचार
ट्याग : #राष्ट्रिय प्रजातन्त्र पार्टी
ताजा खबर
- १सडकमा हिड्दा हिड्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ
- २बढ्यो पेट्रोल र डिजेलको मूल्य
- ३मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द
- ४एमालेलाई मिनबहादुरको १० रोपनी जग्गा दान, शिलान्यास गर्ने ओलीमाथि उठ्यो प्रश्न !
- ५सहकारीको एउटै प्रकरणमा सरकारको विभेद, कोही जेल कोही खुलेआम चुनौति दिदैं राजनीतिमा !
तपाईको कमेन्ट लेख्नुहोस्