सरकारले भन्यो लकडाउनबारे छलफल भएको छैन्
काठमाडौं । सरकारले तत्काल लकडाउनबारे छलफल नभएको जनाएको छ । सरकारका प्रवक्ता युवराज खतिवडाले तत्काल लकडाउनको सम्भावना नरहेको जानकारी दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले दिएको सुझाव दिएपनि पछिल्लो ६ महिनाको तथ्यांक देखाउँदै मान्छेलाई मार्ने रोगहरुको सूचीमा कोरोना ५० औँ नम्बरमा देखाउनु भएको छ अर्थात धेरै मान्छे अरु नै कारणले मरिरहेको भन्दै लकडाउनबारे छलफल नभएको बताएका हुन् ।
अहिलेको अवस्थामा जनताको स्वास्थ्यलाई मात्र नभएर आर्थिक अवस्थालाई पनि हेर्नुपर्ने स्थिती रहेको खतिवडाले बताए। अर्थमन्त्रीसमेत खतिवडाले भने चैत १० गते सरकार जुन हिसाबले लकडाउनमा जाने निर्णयमा पुगेको थियो, त्यो तरिकाले अहिले सोचेको छैन। कोरोना संक्रमण बढी भएको ठाउँमा कडाइ भने गरिन्छ। यो काम जिल्ला प्रशासन र स्थानीय निकायको भएको उनले जानकारी दिए ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्