लगाए अमेरिकी राष्ट्रपति ट्रम्पले मास्क
काठमाडौं । माक्स नलगाउने अडानमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः माक्स लगाएका छन् । उनले सार्वजनिक रुपमा बाहिर निस्कँदा सबैले देख्ने गरी मास्क लगाएका हुन् । कोरोना भाइरसको महामारी सुरु भएदेखि नै मास्कको विपक्षमा आफूलाई प्रस्तुत गर्दै आएका र अरुले देख्ने गरी मास्क नलगाउने बताएका ट्रम्पले माक्स लगाएका तस्वीर सार्वजनिक भएका छन् ।
जनस्वास्थ्य विज्ञ तथा वैज्ञानिकहरुले कोरोना भाइरसको संक्रमण रोक्न वा फैलिन नदिनका लागि महत्वपूर्ण हुने बताएको मास्क लगाउन लगातार अस्वीकार गर्दै आएका ट्रम्पले अमेरिकामा कोभिड–१९ बाट एक लाख ३४ हजार सात सय भन्दा धेरैको ज्यान गएपछि तथा ३२ लाख ४२ हजार भन्दा धेरै संक्रमित भएपछि मास्क लगाएका हुन् । वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड मिलिटरी हस्पिटलमा भेट्रानहरुसँगको भेटका लागि जाने क्रममा ट्रम्पले मास्क लगाएका हुन् । मास्क लगाएर ह्वाइट हाउसबाट बाहिरिने क्रममा ट्रम्पले भने, ‘मलाई लाग्छ मास्क लगाउनु उत्कृष्ट कुरा हो, म कहिले पनि मास्कको विपक्षमा थिइनँ तर यसको पनि समय र स्थान हुन्छ भन्नेमा चाहिँ विश्वास छ ।
यसअघि ट्रम्पले आफूले मास्क नलगाउने बताएका थिए । अझ पत्रकारले देख्ने गरी त मास्क लाउँदै नलाउने उनको भनाई थियो । केही अमेरिकी सञ्चारमाध्यमले ट्रम्पलाई उनका सहयोग सल्लाहकारहरुले कम्तिमा एकपटक सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन सुझाव दिएका थिए । आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि मतदाता तान्नका लागि पनि एकपटक सार्वजनिक स्थानमा मास्क लगाउन ट्रम्पलाई उनका सहयोगीले आग्रह गरेको बताइन्छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ६६ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश
ट्याग : #राष्ट्रपति ट्रम्प
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्