२२ जनाको मृत्यु हुँदा समेत प्रधानमन्त्री भन्छन् कोरोनाकै कारण २/३ जनाको मृत्यु
काठमाडौं । नेपालमा २२ जनाको कोरोनाकै कारण मृत्यु हुँदा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाका कारण मृत्यु भएको संख्या बढीमा ३ रहेको हुनसक्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबारसम्म नेपालमा कोरोनाबाट २२ जनाको मृत्यु भइसकेको तथ्यांक जारी गरेपनि प्रधानमन्त्री ओलीले भने कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या नभएको बताएका हुन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले अरुको अन्य बिरामीका कारण मृत्यु भएको भन्दै एकाध, दुई, तीन केस मात्रै कोरोनाकै कारणले निधन भएको दाबी गरे ।
प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० लाखमा ० दशमलव ७ प्रतिशतको मात्रै मृत्यु भएको भन्दै प्रधानमन्त्रीले नेपाल कोरोना संक्रमण र मृत्युमा दक्षिण एसियामा भुटानभन्दा मात्रै पछि रहेको बताए । पछिल्लो समय भारतबाट अत्यधिक मान्छे नेपाल आएकाले कोरोनाको संक्रमण वृद्धि भएको प्रधानमन्त्रीले भनाई थियो । उनले ६ जनाको ज्यान जाने गरी भएको रुकुमपश्चिमको सोती घटना र कैलालीमा क्वारेन्टाइनमा रहेकी महिलामाथि भएको बलात्कारको घटनाप्रति दुख ब्यक्त गर्दे दोषीलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाइएको बताए । सरकारले कुनै काम नगरेको भन्दै गलत प्रचारबाजी गरेको प्रधानमन्त्री ओलीको आरोप थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि भएको खर्चमा अनियमतता नभएको दावी गरे ।
उनले केही व्यक्तिहरू सरकारमा रहेकाहरूलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्नेमा लागेको आरोप लगाए । प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने बताए । उनले स्वास्थ्य सामग्री टेन्डर गरेर ल्याउँदा ढिलो गरेको भन्ने र छिटो प्रक्रियामार्फत ल्याउँदा मिलेर भ्रष्टाचार गरेको भन्ने आरोप लाग्नु दुखद् भएको धारणा पनि राखे ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री केपी शर्मा
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्